IME Life New

विदेशी कम्पनीहरुले दैनिक १५ लाख रुपैयाँसम्म रेमिट्यान्स ल्याउन पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी परामर्श सेवा कम्पनीलाई दैनिक १५ लाख रुपैयाँसम्म रेमिट्यान्सका रुपमा ल्याउन पाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकले एकीकृत परिपत्र, २०७८ मा संशोधन तथा थप व्यवस्था गर्दै १० लाख रुपैयाँसम्मको सीमालाई बढाएर १५ लाख रुपैयाँ बनाएको हो ।

विदेशी परामर्श सेवा कम्पनीको नेपालस्थित सहायक कम्पनी र यस्तो काम गर्ने नेपाली कम्पनीले विदेशबाट प्राप्त गर्ने कमिसन, शुल्क र पारिश्रमिकको रकम रेमिट्यान्सका रुपमा १५ लाख रुपैयाँसम्म ल्याउन पाइने व्यवस्था गरेको हो । यस भन्दा पहिला १० लाख मात्रै ल्याउन पाइन्थ्यो ।

Esewa
Crest

यस्तो रेमिट्यान्स भित्र्याउने बैंहरुले कारोबारको विवरण मासिक रुपमा महिना सकिएको ७ दिनभित्र राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागमा पठाउनु पर्नेछ । साथै, बैंक तथा वित्तीय संस्था वा विप्रेषण कम्पनीहरूलाई भुक्तानी प्रणाली सञ्चालकसँग सहकार्य गर्दै कार्ड जारी गर्न समेन राष्ट्र बैंकले निर्देशन दिएको छ ।

राष्ट्र बैंकको स्वीकृतिमा एक वर्ष वा सोभन्दा बढी अवधिको विदेशी ऋण भित्र्याएका बाणिज्य बैंकहरुलाई विदेशी विनिमय जोखिम हेजिङ गर्ने प्रयोजनको लागि उक्त ऋणको वक्यौता साँवा तथा व्याजदर बराबर हुने रकम सम्मको र ऋणको अवधिसम्मको डेरिभेटिभ्सको खरिद कारोबार गर्न भने सीमा लागु नहुने राष्ट्र बैंकले जनाएको छ ।

आयात तथा निर्यात व्यापारको माध्यमबाट हुन सक्ने सम्पत्ती शुद्धिकरणको कार्यलाई निरुत्साहन तथा नियन्त्रणमा सघाउ पुग्ने गरी इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले आवश्यक कार्यविधि तथा आन्तरिक संरचना बनाई बस्तुको अन्तर्राष्ट्रिय बजार मूल्य र प्रोफर्मा इनभ्वाइसमा उल्लिखित मूल्यविच तुलनात्मक विश्लेषण समेत गरी यथार्थपरक देखिएमा सटही सुविधा उपलब्ध गराउन समेत राष्ट्र बैंकले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS