IME Life New

वार्षिकोत्सवको अवसरमा रिलायन्स फाइनान्सद्धारा औषधी वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स फाइनान्सले १३औं वार्षिकोत्सवको अवसरमा औषधी वितरण कार्यक्रम सम्पन्न गरेको छ। फाइनान्सले ‘संस्थागत सामाजिक उत्तरदायित्व’ अन्तर्गत विपन्न वर्गका लागि शिक्षा तथा स्वास्थ्यमा तथा त्यस्ता क्षेत्रमा संलग्न तथा क्रियाशील संस्थाहरुको लागि सहयोग गरेको हो ।

कम्पनीले सामाजिक कार्यमा सहभागिता जनाउने क्रममा मंसिर १८ गते काठमाडौं जिल्ला, सलम्बुटार, साँखुस्थित द्वन्द पीडित तथा अपाङ्ग समाज–नेपालमा आश्रित गरिब तथा निमुखा घरबारबिहीन सुस्त मनस्थिती भएका बालबालिकाहरु तथा मानवसेवा आश्रम, रानीवन काठमाण्डौमा रहेका आश्रीत बालवालिका तथा बृद्धहरुलाई आवश्यक पर्ने औषधी सामाग्रीहरु वितरण गरेको हो।

Esewa
Crest

यसका साथै फाइनान्सको महेन्द्रनगर शाखाले महाकाली क्षेत्रिय अस्पताल महेन्द्रनगरमा रहेका गरिब विरामीहरुलाई फलफुल वितरण गरिएको, कोहलपुर शाखाले कोहलपुर स्थित श्री नेपाल राष्ट्रिय प्रा.वि.मा अध्ययनरत विधार्थीहरुलाई युनिफर्म वितरण गरेको छ भने र लमजुङ्ग शाखाले चिसापानी लमजुङ्ग स्थित श्री कालिका मिलन माध्यामिक विद्यालयलाई आवश्यक पर्ने प्रिन्टर सहित स्टेसनरी सामग्री वितरण गरि सहयोग गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS