IME Life New

वार्षिकोत्सवको अवसरमा नेपाल बैंकको रक्तदान कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंकले आफ्नो ८६औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बैंकले प्रधान कार्यालय धर्मपथ काठमाडौंमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको हो।

उक्त कार्यक्रमको उद्घाटन बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले गरेकी हुन् भने कार्यक्रमको समापन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले गरे।

Esewa
Crest

उक्त रक्तदान कार्यक्रममा बैंकमा कार्यरत कर्मचारी, ग्राहक, सर्वसाधारण गरी १०५ जनाले रक्तदान गरेका छन्। नेपाल बैंक कात्तिक ३० गते ८६औं वर्षमा प्रवेश गर्दैछ। सोहि अवसरमा बैंकले विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेको छ।

हालसम्म नेपालभर २२६ शाखा, १९९ एटिएम साथै ५० वटा एक्टेन्सन काउन्टरमार्फत बैंकले करिब २३ लाख ग्राहकलाई वित्तीय सेवा पुर्‍याइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS