IME Life New

वार्षिकोत्सवको अवसरमा ग्लोबल बैंकद्धारा ‘मेरी उनीलाई स्वस्थ नारी पहल अभियान’ सञ्चालन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले देशव्यापी रुपमा मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ। बैंकले आफ्नो १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयासस्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त अभियान सञ्चालन गरेको हो ।

यसअन्तर्गत बैंकले सबै प्रदेश समेट्ने गरी सप्ताहव्यापी रुपमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरेको हो। शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु जस्तै– महिलाहरुको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरणलगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराएको छ।

Esewa
Crest

नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोग तथा सम्बन्धित गाउँपालिका/नगरपालिकाको समन्वयमा सम्पन्न यस कार्यक्रमअन्तर्गत प्रदेश १ को इलाम जिल्ला, इलाम नगरपालिका वडा नं.१, साँखेजुङस्थित वडा कार्यालयको प्राँगण, मधेश प्रदेशको रौतहट जिल्ला, फतुवा विजयपुर नगरपालिक वडा नं. ७ स्थित रौतहट प्राथमिक उपचार केन्द्र, बागमती प्रदेशको दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नं। ६ लापिलाङस्थित पारच्याङ स्वास्थ चौकीमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरेको हो।

त्यसैगरी बैंकले गण्डकी प्रदेशको बागलुङ जिल्ला, निसिखोला गाउँपालिका–३, झिवाखोला स्थित बोहोरा गाउँ स्वास्थ चौकी, लुम्बिनी प्रदेशको रोल्पा जिल्ला, रुन्टी गढी नगरपालिका, होलेरीस्थित होलेरी प्राथमिक स्वास्थ केन्द्र, कर्णाली प्रदेशको सुर्खेत जिल्ला, लेकबेसी नगरपालिका वडा नं. ६, कल्याणस्थित कल्याण स्वास्थचौकी र सुदूरपश्चिम प्रदेशका डोटी जिल्ला, जोरायाल नगरपालिका वडा नं। ५ खहडास्थित गडशेरा स्वास्थ चौकीमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

सो स्वास्थ्य शिविरमा ८०९ जना महिलाहरुले स्वास्थ्य सेवा लिएका छन्। स्वास्थ्य शिविरले ग्रामीण तथा अर्धसहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिला तथा बालिकाहरुका निम्ति प्रभावकारी हुने र महिलाहरुमा सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले लिएको छ।

बैंकले प्राथमिक स्वास्थ्य सेवाको पहुँच सीमित वा पहुँच नभएका दुर्गम स्थानमा पुगी यस्ता किसिमका स्वास्थ्य शिविरहरुको आयोजना गर्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS