IME Life New

वायू सेवा निगमले तिर्‍यो थप ५३ करोड ९ लाख रूपैयाँ कर्जा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लामो समयदेखि कर्जाको भारमा रहेको नेपाल वायू सेवा निगमले सरकारी स्वामित्वको ऋण दाता नागरिक लगानी कोष र सञ्चय कोषलाई ५३ करोड ९ लाख रूपैयाँ कर्जा किस्ता र ब्याज भुक्तानी गरेको छ।

निगमले दुई थान न्यारो बडी जहाजको पौष महिनाको किस्तावापतको पुरा रकम र वाइड बडी जहाजको किस्तावापतको आंशिक रकम समेत गरी कुल ५३ करोड ९ लाख ५५ हजार २८१ रूपैयाँ भुक्तानी गरेको हो।

Esewa
Crest

निगमका अनुसार कर्जाको किस्ता भुक्तानीलाई नियमित गर्ने अभियान शुरू गरेयता ऋण दाता संस्थालाई कुल ६ अर्ब ८५ करोड ९५ लाख ५२ हजार रूपैयाँ भुक्तानी गरिएको  छ।

अन्तर्राष्ट्रिय वायू सेवा उडानमा सीमित यो कम्पनीसँग हाल दुईवटा न्यारो बडी र दुईवटा वाइड बडी विमान सञ्चालनमा रहेको छ। ट्वीन अट्टर विमानको नियमित मर्मत सम्भारमा चुक्दा अहिले निगमको आन्तरिक उडान सेवा एक महिनादेखि ठप्प छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS