IME Life New

वर्ष २०२५ मा धमाका मच्चाउनेछन् यी कार, ईभीदेखि स्पोर्टीसम्म

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन् २०२४ आजबाट सकिँदैछ। भोलिबाट अंग्रेजी नयाँ वर्ष २०२५ सुरु हुनेछ।

सन् २०२४ अटो क्षेत्रका लागि निकै राम्रो रह्यो। वर्षभरि अटो क्षेत्रमा धेरै मोडल डेब्यु गरे। सन् २०२४ मा टाटा, महिन्द्रालगायतका लक्जरी कार कम्पनीले धेरै गाडी लन्च गरेका थिए।

Esewa
Crest

सन् २०२५ साल पनि त्यस्तै हुने छ। नयाँ वर्ष अटो क्षेत्रका लागि पनि निकै फलदायी हुनेछ। सन् २०२५ मा टाटा मोटर्सदेखि जेएसडब्ल्यू एमजी मोटरजस्ता कम्पनीले नयाँ मोडलका कार ल्याउने प्रक्षेपण गरिएको छ।

ह्यारियरलाई टाटा मोटर्सले पेट्रोल भेरियन्टमा पहिले नै बजारमा उपलब्ध गराइसकेको छ। यो कारको इलेक्ट्रिक भेरियन्ट सन् २०२५ लन्च हुन सक्छ। ह्यारियर ईभी गत वर्ष भारत मोबिलिटी ग्लोबल अटो एक्सपोमा अनावरण गरिएको थियो। तर, यो कार अझै लन्च गरिएको छैन।
हुन्डाईले सन् २०२५ मा लोकप्रिय कम्प्याक्ट एसयूभी क्रेटा (क्रेटा ईभी) को इलेक्ट्रिक भेरियन्ट लन्च गर्न सक्नेछ। यो कार १७ जनवरीमा हुने भारत मोबिलिटी अटो एक्सपोमा अनावरण गर्न सकिने बताइएको छ।

भारतको सबैभन्दा पुरानो अटो कम्पनी मारुतीले पहिलो इलेक्ट्रिक कार लन्च गर्ने भएको छ। मारुती ईभिटारा मारुतीले प्रस्तुत गर्नेछ। हालै कम्पनीले आफ्नो प्रोडक्सन रेडी संस्करण विश्वसामु प्रस्तुत गरेको थियो।

कियाको दोस्रो सब फोर मिटर कम्प्याक्ट एसयूभी किया सेरोस ऋभचयक सन् २०२५ मा लन्च हुन सक्छ। यद्यपि यो कार अनावरण भइसकेको छ। कम्पनीले यस कारको फिचर र इन्जिन पनि सार्वजनिक गरेको छ तर, यसको मूल्य भने खुलाएको छैन। सन् २०२५ मा कम्पनीले यो कार मूल्यसहित लन्च गर्न सक्नेछ।

पहिलो कार एमजी साइबरस्टर जेएसडब्ल्यू एमजी मोटरको ब्रान्ड अन्तर्गत प्रस्तुत हुनेछ। यो एमजीको पहिलो स्पोट्र्स कार हुनेछ। यो कारले ३.२ सेकेन्डमा ०–१०० केएमपीएलको गति दिन्छ। हालै कम्पनीले यस कारको फिचरका बारेमा जानकारी दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS