IME Life New

वर्ष २०२५ को सुरुआतमै टाटाको सरप्राइज, एकसाथ सस्ता ३ कार लन्च

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको अग्रणी अटोमोबाइल निर्माता टाटा मोटर्सले सरप्राइज दिँदै एकसाथ ३ वटा नयाँ कार बजारमा ल्याएको छ।

कम्पनीले आधिकारिक रुपमा नयाँ अपडेटेड टाटा टियागो ह्याचब्याक, टिगोर सेडान र टियागो ईभी (विद्युतीय गाडी) बिक्रीका लागि सार्वजनिक गरेको हो। टाटा मोटर्सले यी ३ कारमा हल्का अपडेट दिएको छ। चाखलाग्दो कुरा के छ भने कम्पनीले हालको बजारलाई ध्यानमा राखेर मूल्य बढाएको छैन। जसअनुसार प्रारम्भिक मूल्य टियागोको भारु ४ लाख ९९ हजार, दिगोरको भारु ५ लाख ९९ हजार र टियागो ईभीको भारु ७ लाख ९९ हजार तय गरिएको छ।

Esewa
Crest

टाटा मोटर्सले यी ३ कारको आधिकारिक बुकिङ पनि सुरु गरिसकेको छ। यी कार कम्पनीको आधिकारिक वेबसाइट र आधिकारिक डिलरशिपहरु मार्फत बुक गर्न सकिन्छ। यसको बलियो मल्टि पावरट्रेन रणनीतिको एक भागका रुपमा टाटा मोटर्सले पेट्रोल, सीएनजी र इलेक्ट्रिक भर्जनमा टियागो र पेट्रोल र सीएनजी भर्जनमा टिगोर प्रस्तुत गर्दैछ। दुवै कार म्यानुअल ट्रान्समिसन र अटोमेटिक ट्रान्समिसन अप्सनमा उपब्ध हुनेछन्।

जनवरी १७ देखि नयाँ दिल्लीमा हुने इन्डिया मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा इन्ट्री लेभलका यी कारहरु प्रदर्शन गरिनेछ। सन् २०१६ मा पहिलोपटक सार्वजनिक गरिएको टाटा टियागो र टिगोरले टाटा मोटर्सको वृद्धिमा महत्वपूर्ण भूमिका खेलेको छ। पूर्ण रुपमा नयाँ अवतारमा आएपछि यी दुवै कारले मुख्यतया मारुती स्विफ्ट र डिजायरसँग प्रतिस्पर्धा गर्नेछन्।

हाल टाटा मोटर्सले यी ३ वटा कारको आधार मोडलको मात्र मूल्य घोषणा गरेको छ। यी परिवर्तनबारे कुनै जानकारी गराएको छैन। यसको इन्जिन मेकानिजममा कुनै परिवर्तन नगरिने विश्वास गरिएको छ। यी कार पहिलेजस्तै १.२ लिटर रेभोट्रोन पेट्रोल इन्जिनमा आउनेछन्। यसबाहेक यी कारहरु म्यानुअल र एएमटी दुवै ट्रान्समिसनका साथै विद्यमान ट्विन सिलिन्डर सीएनजी प्रविधिमा ल्याइएको छ।

यस पटक भारत मोबिलिटी ग्लोबल एक्सपोमा टाटाको प्याभिलियनमा धेरै कार प्रस्तुत गरिनेछन्। यी ३ लन्च कारबाहेक टाटा ह्यारियर इलेक्ट्रिक र टाटा सिएरा इलेक्ट्रिक प्रदर्शन गर्ने योजनाहरु छन्। साथै, कम्पनीले आफ्नो नयाँ अविन्या इलेक्ट्रिक कन्सेप्टलाई अपडेटेड भर्जनका रुपमा विश्वसामु प्रस्तुत गर्न सक्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS