IME Life New

वर्ष दिनमा नेपालमा जम्मा ३३ अर्ब रुपैयाँ वैदेशिक लगानीकाे प्रतिवद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा गत एक वर्षकाे अवधिमा कूल ३३ अर्ब रुपैयाँ भन्दा बढी वैदेशिक लगानीकाे प्रतिबद्धता प्राप्त भएकाे छ । उद्याेग विभागका अनुसार भारत, चीनलगायतका मुलुकबाट ३२७ वटा लगानी प्रस्तावमार्फत् ३३ अर्ब १४ कराेड रूपैयाँ लगानीकाे प्रस्ताव दर्ता भएकाे छ।

गत  आर्थिक वर्ष २०७९।८० मा वैदेशिक लगानी सहित ३२२ वटा उद्याेग दर्ता गरिएका छन् । दर्ता भएकामा १८६ साना, ७० मझाैला र ६६ ठूला उद्याेग रहेका छन् । यी उद्याेगहरुमा लगानीकर्ताले कूल २ खर्ब १४ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रस्तावित उद्याेगहरु पूर्ण क्षमतामा सञ्चालनमा आएकाे अवस्थामा २३ हजार २३४ जनाले प्रत्यक्ष राेजगारी पाउनेछन् ।

Esewa
Crest

वैदेशिक लगानीकाे प्रतिबद्धता गरिएकामध्ये ६० प्रतिशतभन्दा बढी लगानी नेपाल भित्रिने गरेकाे छैन। नेपालकाे राजनीतिक अन्याैलता,सीमित आन्तरिक उपभाेग, अस्थिर निर्यात तथा कर नीतिका कारण विदेशी लगानीकर्ताहरू सशंकित हुने गरेका छन् ।

विभागमा गत आवमा ५ वटा प्याटेण्ट, १८ डिजाइन, ३२५४ ट्रेडमार्क दर्ता गरिएका छन् । यसैगरी उद्याेग स्थापनाका लागी गरिएका प्रारम्भिक वातावरणीय मूल्यांकन सम्बन्धी ८२ वटा प्रतिवेदन प्राप्त भएकाे छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS