IME Life New

लेखापढीसँगै बीमा क्षेत्रमा संघर्ष गर्दै समीक्षा, भन्छिन् अभिकर्ता भनेको सुरक्षित भविष्यका लागि पहल गर्ने व्यक्ति हो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समीक्षा तामाङ बीमा अभिकर्ता पेसामा संघर्ष गरिरहेकी एक महिला हुन् । २०८० को सुरुआतीबाट बीमा अभिकर्तामा आवद्ध हुन पुगेकी समीक्षा अहिले सिटिजन लाइफको थली शाखामा एजेन्सी म्यानेजरका रुपमा कार्यरत छिन् । भर्खरै बीमा क्षेत्रमा होमिएकी समीक्षा अनवरत रुपमा काम गरिरहेकी छिन् । समीक्षा मेहनत गर्न खुब रुचाउँछिन् । उनको मेहनतले गर्दा नै आज लेखापढी व्यवसायसँगै बीमा क्षेत्रमा सफलता पाएकी छिन् ।

जीवन बीमा अभिकर्तामा लाग्नुअघि समीक्षालाई यो पेसाबाट पनि आम्दानी गर्न सकिन्छ भन्ने जानकार नभएको बताइन् । २०६५ सालबाट लेखापढी व्यवसायमा आबद्ध हुँदै आएकी समीक्षा आज पनि लेखापढी र बीमा क्षेत्रमा काम गर्दै आइरहेकी छिन् । सिरहाको लाहान नगरपालिका–४ मा जन्मिएकी समीक्षाले प्लस टुसम्मको अध्ययन गरेकी छिन् । उनको कर्म घर भने सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ हो ।

Esewa
Crest

यसरी जोडिन् अभिकर्ता पेसामा
लेखापढीको व्यवसायमा दिन व्यतित गर्दै आएकी समीक्षाको एकजना लेखापढी काम गर्ने व्यक्तिसँग भेट भयो । उनले बीमाबारे बुझेका रहेछन्। ती व्यक्तिले समीक्षालाई ‘बीमा क्षेत्र राम्रो छ, अभिकर्ता बनेर काम गर, आम्दानी पनि हुन्छ, पार्टटाइमका रुपमा काम गर्न पनि सकिन्छ’ भन्ने सुझाव दिए। ‘चिनेजानेको मान्छेले राखेको प्रस्ताव राम्रो नै होला’ भनेर समीक्षाले स्वीकार गरिन् । लेखापढी व्यवसाय गर्दै आएकी समीक्षाले बीमामा पार्टटाइमका रुपमा काम गर्छु भन्ने अठोटका साथ सिटिजन लाइफबाट अभिकर्ताको लाइसेन्स लिइन् ।

अभिकर्ताको लाइसेन्स लिँदासम्म समीक्षालाई बीमाबारे ज्ञान भने थिएन । पहिलो बीमा आफ्नो भाइको गराएको हुनाले पहिलो बीमा खासै गाह्रो नभएको उनले बताइन् । सुरुका दिनमा समीक्षालाई बीमा अभिकर्ता पेसा असहज नै लाग्यो । नलागोस् पनि कसरी ? लेखापढीको जागिर कुर्सीमा बसेर काम गर्ने माहोलमा रहेकी समीक्षालाई अभिकर्ता बनेपछि मानिसका घर–घरमा गएर नमस्कार गर्दै जीवन बीमा गर्न फकाउनुपर्ने चुनौतीपूर्ण नै लाग्यो ।

आफ्नो पनि लेखापढी व्यवसाय भएका कारण पार्टटाइमका रुपमा अभिकर्ता पेसा अँगालेकी समीक्षाले काम गर्दै जाने सिलसिलामा आम्दानीका साथै यो पेसा समाजसेवा पनि रहेछ भन्ने बुझिन् । ‘अरुको भविष्यका लागि धाएर बीमा गर्नुस् भन्दै हिँड्ने पेसा समाज सेवा नै हो’, उनले भनिन् ।
लेखापढी क्षेत्रमा नै राम्रो प्रभाव बनाइसकेकी समीक्षालाई सुरुका दिनमा अभिकर्ता पेसा सहज भने रहेन । काम गर्दै गएपछि समीक्षाले अभिकर्ता पेसालाई एकदमै नितान्त समाजसेवा र कसैलाई दुःख परेको बेलामा केही गर्न सकिने पेसाका रुपमा बुझ्न थालिन् । र, समाज सेवाको हेतुले लेखापढी व्यवसायसँगै बीमा क्षेत्रमा अगाडि बढिरहिन् । समीक्षाको बुझाइमा अभिकर्ता पेसा अरुको भविष्यको सुरक्षाका लागि पहल गर्ने व्यक्ति नै हो । ‘अभिकर्ता बीमा कम्पनी र बीमितबीच मध्यस्थकर्ताका रुपमा काम गर्ने पेसा हो’, उनले भनिन्, ‘कम्पनीलाई पनि सुरक्षित राखेर र बीमितको सुरक्षाको जिम्मेवारी बहन गर्ने व्यक्ति नै बीमा अभिकर्ता हुन् ।’

अभिकर्ता पेसामा आफूलाई परिवारबाट पनि धेरै सपोर्ट प्राप्त भएको समीक्षा सुनाउँछिन्। ‘अभिकर्ता पेसामा प्रवेश गरेपछि मेरो जीवनमा धेरै परिवर्तन आए’, उनले भनिन्, ‘अभिकर्ता पेसामै जोडिएपछि पब्लिक रिलेसन बढ्यो, आम्दानीको क्षेत्र फराकिलो भयो । जुनसुकै तह र तप्काका मानिससँग पनि जनसम्पर्क बढ्यो ।’

एक असल बीमा अभिकर्तामा धेरै गुण हुनुपर्ने समीक्षाको तर्क छ । मेहनती, इमान्दार, सहनशीलता, धर्यता, लगनशीलता, बीमा बुझाउन सक्ने गुण मुख्य रुपमा अभिकर्तामा हुनुपर्ने समीक्षाको धारणा छ ।

बीमा अभिकर्ता पेसामा लागेर सन्तुष्ट भएको बताउने समीक्षा भन्छिन्, ‘जुन पेसा गर्यो त्यस पेसालाई मेहनतका साथ गर्यो भने अवश्य सफल भइन्छ ।’ बीमा अभिकर्ता पेसामा सफल हुनका लागि निरन्तर लागिपर्नुपर्ने समीक्षाको भोगाइ छ । जो व्यक्तिले निरन्तरतालाई आत्मसाथ गर्दै अगाडि बढ्छ त्यो पक्कै पनि आफ्नो लक्ष्यमा पुग्न सक्ने अनुभव समीक्षाले साटिन् ।

‘काम गर्ने सिलसिलामा बाधाहरु पनि आउँछन् । आइपरेका बाधाहरुलाई छिचोल्न सक्ने सहनशीलता र धैर्यता बीमा अभिकर्तामा हुनुपर्छ’, समीक्षा भन्छिन्। विषयवस्तुको पूर्ण ज्ञान लिएर अभिकर्ता बजारमा पस्नुपर्ने उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS