काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले आफ्नो रजिस्ट्रार टु शेयर सेवा प्रदायक परिवर्तन गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको मिति २०८३ असोज २९ गते बसेको ९३ औं बैठकले यससम्बन्धी निर्णय गरेको हो।
बैठकको निर्णयअनुसार हालसम्म कम्पनीलाई रजिस्ट्रार टु शेयर सेवा उपलब्ध गराउँदै आएको हिमालयन इन्भेस्टमेन्ट बैंकरलाई परिवर्तन गरिएको छ। अबदेखि उक्त सेवा हिमालय सेक्युरिटिज बैंकरबाट लिइने कम्पनीले निर्णय गरेको छ।
कम्पनीले यो निर्णयबारे सम्पूर्ण शेयरधनी तथा सरोकारवालाको जानकारीका लागि सार्वजनिक सूचना जारी गरेको छ। शेयरधनीले शेयरसम्बन्धी सेवा तथा कारोबारका लागि अबदेखि नयाँ रजिस्ट्रारसँग सम्पर्क गर्नुपर्नेछ।












