IME Life New

लुम्बिनी विकास बैंकद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत टि.भी हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी विकास बैंकले टि.भी. हस्तान्तरण गरेको छ । बै.कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिदुर नगरपालिकाको अनुरोधमा नुवाकोटको बट्टार बसपार्कमा राख्नको लागी उक्त टिभी हस्तान्तरण गरेको हो ।

उक्त टिभी शाखा कार्यालय बट्टार मार्फत सो बसपार्कलाई शाखा प्रमुख बिश्वम्भरमान सिंह डंगोलले बिदुर नगरपालिकाका नगर प्रमुख राजन लाल श्रेष्ठलाई ४३ इन्चको रङ्गिन टेलिभिजन – एक थान र डिस होम – एक थान प्रदान गरेका हुन् ।

Esewa
Crest

साथै उक्त सामान हस्तान्तरण समारोहमा युवा नेता निलम बाबु ढुंगेल, समाजसेवी बद्री त्रिपाठी, सुरक्षाकर्मी, पत्रकार लगायत, बैंकको बट्टार शाखा प्रमुख बिश्वम्भरमान सिंह डंगोल तथा देबीघाट शाखा प्रमुख रमेश कुमार नेपाल लगायत अन्य व्यक्तिहरुको समेत उपस्थिती रहेको थियो ।

लुम्बिनी विकास बैंक लिमिटेडको हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् भने निकट भविष्यमा काठमाडौं उपत्यकामा थप तिन शाखाहरु जसमा काठमाडौंको नेपालटार, ललितपुरको इमाडोल, भक्तपुरको कमलविनायक तथा ललितपुरको लेलेमा एक एक्सटेन्सन काउन्टर खोल्ने प्रकृयामा रहेको छ ।

यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ आफ्ना ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS