IME Life New

लुम्बिनी विकास बैंकको साधारण सभाको मिति तय, लाभांश र मर्जरको प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी विकास बैंकले पुस २६ गते मंगलबार साधारणसभा आह्वान गरेको छ । कम्पनीको पुस ४ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा कालिकास्थान स्थित अमृतभोगमा गर्ने कम्पनीले जनाएको छ ।

बैंकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत गरि ९ प्रतिशत नगद लाभांश गरि कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। सभाले उक्त प्रस्ताव पनि पारित गर्नेछ ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण तथा तत सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्नेछ ।

सभाले कम्पनी ऐन २०६३ को दफा १११ वमोजिम आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति गर्ने, वर्तमान लेखापरीक्षक केएएस एसोसिएटस, चार्टड एकाउन्टेण्टस पुनस् नियुक्तीको लागि योग्य हुने प्रस्ताव पारित गर्नेछ ।

संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ३ जना तथा सर्वसाधारण शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ३ जना संचालकहरुको निर्वाचन गर्ने, कम्पनी ऐन २०६३ बमोजिम संस्थापक समुहको रिक्त स्थानमा बाँकी कार्यकालको लागि नयाँ सञ्चालक लोमस मानन्धरको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, बोनश शेयर जारी पछि कायम हुने जारी तथा चुक्ता पूँजी वमोजिम यस विकास बैंकको प्रबन्धपत्रको दफा ५ को (ख) र (ग) मा आवश्यक संशोधन गर्ने । यस सम्बन्धमा नियमनकारी निकायहरुवाट फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार थपघट, परिमार्जन, संशोधन, भाषागत लगायत अन्य सुधारका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकहरुको पारिश्रमिक, भत्ता र सुविधा सम्बन्धमा नियमावलीको नियम आवश्यक संसोधन गर्ने यस सम्बन्धमा नियमनकारी निकायहरुवाट फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार थपघट, परिमार्जन, संशोधन, भाषागत लगायत अन्य सुधार समेतका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

सभाले यस विकास बैंक अन्य कुनै बैंक तथा वित्तीय संस्थामा गाभ्ने गाभिने वा एक्विजिसन सम्बन्धी उपयुक्त प्रस्ताव आएमा सो कार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न, सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कनकर्ता नियुक्त गर्न तथा निजको पारिश्रमिक निर्धारण गर्न लगायत अन्य सम्पुर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

बैंकले साधारणसभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् ।

1671455794545 (1)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS