IME Life New

लुम्बिनी विकास बैंकको नाफामा सामान्य गिरावट हुँदा अन्य सूचक कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ४६ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ८ दशमलव ३२ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५१ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २१ दशमलव ९८ प्रतिशत बढेको छ । कुल सञ्चालन आम्दानी १७ दशमलव ८२ प्रतिशतले बढेको छ। निष्क्रिय कर्जा १ दशमलव ६९ प्रतिशतबाट बढेर ३ दशमलव ७६ प्रतिशत पुगेको छ ।

Esewa
Crest

यस अवधिमा बैंकको जगेडा कोषमा २ अर्ब ४९ करोड रुपैयाँ सञ्चित छ। पछिल्लो ९ महिनामा बैंकको निक्षेप ७ दशमलव १७ प्रतिशत बढेको छ । कर्जा लगानी ५ दशमलव २२ प्रतिशतले बढेको छ।

यस अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १८ करोड ६३ लाख रुपैयाँ रहेको छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। यस अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ २८ पैसा घटेर १८ रुपैयाँ ४५ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १७.६१ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ६७ पैसा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS