IME Life New

लुम्बिनी विकास बैंकको नगद लाभांश शेयरधनीहरुको खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गरिदिएको छ । बैंकको गत पुष २६ गते सम्पन्न १९औं औं सभाबाट पारित भएको ९ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीको खातामा पठाउन सुरु गरेको हो ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयर दाखिला खारेज बन्द हुने मितिसम्म कायम रहेका शेयरधनीहरूको हितग्राही खातामा बैंक खाताको विवरण अध्यावधिक भएको हकमा नगद लाभांश बापतको रकम सम्बन्धित बैंक खातामा नै जम्मा गरेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

हालसम्म पनि भौतिक रूपमा नै शेयर प्रमाणपत्र राखेका वा हितग्राही खाता खोलेर पनि कम्पनीको शेयर अभौतिकीकरण नगराएका शेयरधनीले यथाशीघ्र शेयर अभौतिकीकरण गरी हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएपछि मात्रै नगद लाभांश बैंक खातामा प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS