IME Life New

लुम्बिनी विकास बैंकको ऋणपत्र बाँडफाँड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले जेठ १६ गतेदेखि २५ गतेसम्म विक्री गरेको ऋणपत्र बाँडफाँड गरेको छ । बैंकले तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरूमा जेठ ३२ गते ऋणपत्र बाँडफाँड गरिएको हो ।

बैंकले १ अर्ब बराबरको १० वर्ष अवधिको ऋणपत्रमध्ये ६० प्रतिशत दरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संस्थाहरूमा विक्री गरेको थियो । त्यस्तै ४० प्रतिशत दरको ४ लाख कित्ता ऋणपत्रमध्ये २० हजार कित्ता सामूहिक लगानीकोषका लागि र बाँकी३ लाख ८० हजार कित्ता सर्वसाधारणमा बाँडफाँड गरेको छ ।

Esewa
Crest

बैंकले ११ प्रतिशत ब्याजदर रहेको ‘११ प्रतिशत एलबिबिएल डिबेञ्चर २०८९’ नामको ऋणपत्र निष्काशन गरेको हो । नेपाल धितोपत्र बोर्डले बैंकलाई उक्त ऋणपत्र निष्काशनका लागि बैशाख १० गते अनुमति दिएको थियो । बैंकले ऋणपत्रबाट आर्जिन ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपछि कर कट्टा गरी भुक्तानी गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS