IME Life New

लाभांश प्रस्ताव गर्न ५ वाणिज्य बैंक मात्र बाँकि, कुन कुनले गरे एजिएम र बुक क्लोज ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्षको समाप्तिसंगै कम्पनीहरुले आर्थिक वर्ष ७५/७६ को लागि लाभांश प्रस्ताव गर्ने क्रम जारी छ । आर्थिक वर्ष २०७५ /७६ को लागि केही कम्पनीहरुले लाभांश प्रस्ताव गरेर नियामक निकायको अनुमति कुरिरहेका छन् भने केही कम्पनीहरुले आर्थिक वर्ष ७५/७६ को साधारणसभा नै सम्पन्न गरिसकेको अवस्था छ ।

नेप्सेमा सुचिकृत २७ वाणिज्य बैंकहरुमध्ये पाँच वटा वाणिज्य बैंकहरुले अझै लाभांश प्रस्ताव गरेका छैनन । अझै पनि आर्थिक वर्ष ७५/७६ को लागि लाभांश प्रस्ताव नगर्ने वाणिज्य बैंकहरुमा कृषि विकास बैंक, सेञ्चिुरी कमर्सियल बैंक, प्राइम कमर्सियल बैंक, नेपाल बैंक र एनसीसी बैंक हुन् ।

Esewa
Crest

सबैभन्दा धेरै लाभांश प्रस्ताव गर्ने वाणिज्य बैंक
२२ वटा वाणिज्य बैंकले आर्थिक वर्ष २०७५ /७६ को लागि लाभांश घोषणा गरिसकेको अवस्था छ । लाभांश प्रस्ताव गरेका २२ वटा वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै एनएमबि बैंकले ३५ प्रतिशत प्रस्ताव लाभांश गरेको छ भने सबैभन्दा थोरै सिभिल बैंकले ६ दशमलव ५७ प्रतिशत प्रस्ताव गरेको छ ।

लाभांश प्रस्ताव गरेर बुक क्लोज गर्न बाँकि वाणिज्य बैंकहरु
२७ वाणिज्य बैंकमध्ये १० वाणिज्य बैंकले लाभांश प्रस्ताव गरे पनि बुक क्लोज गर्न बाँकी छ । लाभांश प्रस्ताव गरेर बुक क्लोज गर्न बाँकी बैंकहरुमा एनएमबि बैंक, नबिल बैंक, एभरेष्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैङ्क नेपाल लिमिटेड, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल एसविआई बैंक, लक्ष्मी बैंक,नेपाल बङलादेश बैंक र सिभिल बैंक हुन् ।

लाभांश प्रस्ताव गरेरे बुक क्लोज भैसकेका वाणिज्य बैंकहरु
२७ वाणिज्य बैंकमध्ये १२ वाणिज्य बैंकले आर्थिक वर्ष ७५/७६ को साधारण सभा र लाभांश प्रयोजनाका लागि बुक क्लोज गरिसकेको अवस्था छ । बुक क्लोज गरेका वाणिज्य बैंकहरुमा प्रभु बैंक, ग्लोबल आइएमई बैंक, मेगा बैंक, जनता बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, बैंक अफ काठमान्डौ,सानिमा बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, कुमारी बैंक र एनआइसी एशिया बैंक हुन् ।

यी मध्ये ८ वटा वाणिज्य बैंकले भने साधारण सभा गरिसकेका छन् । साधारण सभा पनि गरिसकेका वाणिज्य बैंकहरुमा सिटिजन्स बैंक, एनआइसी एशिया बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक, बैंक अफ काठमाडौं, सिद्धार्थ बैंक र सनराइज बैंक हुन् ।

बुक क्लोज गरिसकेका तर, साधारण सभा हुन बाँकि बैंकहरुमा प्रभु बैंक, ग्लोबल आइएमई बैंक, जनता बैंक र मेगा बैंक हुन् । मेगा बैंकले भने भोलि साधारण सभा गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS