IME Life New

लाभांश पारित सहित सानिमा बैंकको एजिएम सम्पन्न, २ संचालक निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंक लिमिटेडले १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा अम्रपाली ब्यांक्वेट बालुवाटार काठमाडौंमा सम्पन्न भएको बैंकले जनाएको छ ।

बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र ० दशमलव ९८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

Esewa
Crest

सभाले सर्वसाधारण समूहको तर्फबाट संचालक समितिमा आशुतोष उपाध्याय र रमेश कुमार पोखरेललाई निर्वाचित गरेको छ ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७९ असार ३२ गतेको वासलात, नाफा नोक्सान, हिसाब तथा सोही अवधिको नगद प्रवाह लगायतका प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, सभाले कुनै बैंक तथा वित्तीय संस्थामा प्राप्ती वा मर्जर गर्न आवश्यक सहमति गर्ने लगायत वित्तीय संस्थाहरु प्राप्ती गराउने सम्बन्धमा बैंकको नियम कानुन अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पुर्ण अख्तियार संचालक समितिलाई दिने प्रस्ताव अनुमोदन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS