IME Life New

लाभांश पारित गर्न समाज लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौं वार्षिक साधारण सभा साउन ३१ गते गर्ने भएको छ । कम्पनीको साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा विहान ११ः३० बजे जानकी फेमेली होटलमा आयोजना गर्ने जनाएको छ ।

लघुवित्तले हाल कायम चुक्ता पूँजी २ करोड रुपैयाँको १४.२५ प्रतिशतले हुन आउने २८ लाख ५० हजार रुपैयाँ बराबरको बोनश शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशतले हुन आउने १ लाख ५० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव अनुमोदन गर्नेछ ।

Esewa
Crest

सभाले आर्थि वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदन छलफल गरी पा।ित गर्नुको साथै, गत आर्थिक वर्षको नाफा, नोक्सान, हिसाब, गद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि साउन २१ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्ने भएको छ। यस अनुसार साउन १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

1690345236176

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS