IME Life New

लाभांश पारित गर्न प्राइम कमर्सियलले आव्हान गर्यो साधारण सभा, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम कमर्सियल बैंकले पुस २८ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्की ब्यान्क्वेटमा सभा आयोजना गर्ने जनाएको छ । बैंकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागिसमेत ४ दशलमव ९५ प्रतिशत नगद लाभांश गरि कुल ८ दशमलव ९५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

सभाले आर्थिक बर्ष २०७८र७९ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात, मिति २०७८/४/१ देखि २०७९/३/३२ सम्मको नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह लगायतका विवरणहरु उपर छलफल गरी स्वीकृत गर्नेछ ।

Esewa
Crest

सभाले बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक बर्ष २०७९/८० को लागि लेखापरीक्षण गर्न लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक अनुमोदन गर्ने जनाएको छ ।

त्यसैगरी सभाले बैंकमा स्वतन्त्र सञ्चालकको नियुक्ति भएको सम्बन्धमा जानकारी, बैंकको नियमावली अनुसार समूह क संस्थापक शेयरधनीहरुकोतर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने सञ्चालक पद ३ र समूह ख सर्वसाधारण शेयरधनीहरुकोतर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने सञ्चालक २ समेत सञ्चालक पद ५ को निर्वाचन, मनोनयन वा नियुक्त गर्नेछ ।

त्यस्तै, सभाले निम्न बमोजिम बैंकको प्रवन्धपत्रमा संशोधन थप गर्ने, बैंकले बोनस शेयर जारी गरे पश्चात बैंकको जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि हुने भएको हुनाले प्रवन्ध पत्र को दफा ६ (ख) र ६ ( ग ) मा संशोधन गर्ने ,यस बैंक तथा अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज हुने गाभिने , प्राप्ति (एक्विजिशन) गर्ने सन्दर्भमा आवश्यक सम्पूर्ण प्रक्रिया अवलम्वन गरी एक आपसमा मर्ज, प्राप्ति गर्नकालागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियार प्रदान गर्नेछ ।

सभाले प्रबन्ध पत्र र नियमावलीमा भएको संशोधनमा नियमनकारी निकायहरु .(कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड आदि) ले कुनै फेरवदल संशोधन परिमार्जन गर्न वा मिलाउन कुनै सुझाव वा निर्देशन दिएमा सोही अनुरुप आवश्यक समायोजन गर्न बैंकको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ,

बैंकले साधारणसभा प्रयोजनको लागि पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १३ गते सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS