IME Life New

लम्की बहुमुखी क्याम्पसमा आइएमई लाइफको बीमा सचेतना कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको लम्की शाखाले लम्की बहुमुखी क्याम्पसका करिब १०८ जना विद्यार्थीहरुसँग बीमा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको ५औं बार्षिकोत्सवको पूर्व सन्ध्यामा साप्ताहव्यापी कार्यक्रम अर्न्तगत उक्त शाखाले यस्तो कार्यक्रमको आयोजना गरेको हो ।

आइतबार लम्की चुहा नगरपालिका बडा न.१ स्थिति लम्की बहुमुखी क्याम्पसका विद्यार्थीहरुसँग बीमा सचेतना कार्यक्रम सञ्चालन गरिएको लम्कीका शाखा प्रमुख बल बहादुर थापाले जानकारी दिए ।

एजेनसी मेनेजरहरु डि.पि गड्तोला , तुल्सी धमाला रेग्मी , डिलान शर्मा र प्रकाश भण्डारी का साथै वि.एस.ए बादल न्यौपाने उपस्थित रहेको उक्त कार्यक्रममा शाखा प्रमुख थापाले विद्यार्थीहरुलाई जीवन बीमाको महत्व, आवश्यक्ता लगायतको विषयमा जानकारी गराउने उद्देश्ले सो कार्यक्रम सञ्चालन गरेको बताए।

Esewa
Crest

कार्यक्रममा ऐजेन्सी मेनेजर डि.पी गड्तोलाले जीवन बीमा किन गर्ने, बीमाका फाइदाहरु तथा बीमो महत्वको बारेमा विद्यार्थीहरुलाई जानकारी गराउँदा जीवन बीमाप्रति सबैको सकरात्मक धारणाको विकास हुने बताए।

कलेजका विद्यार्थीहरुलाई बीमा कसरी गर्ने, बीमा गर्दा कुन योजना अन्तर्गत गर्ने, बीमा गरेपछि कम्पनीबाट प्राप्त हुने विभिन्न सुविधाहरुका बारेमा जानकारी गराउनुका साथै कसरी व्यवसायिक अभिकर्ता भएर काम गर्ने बारेमा सचेतना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS