IME Life New

लघु बीमामार्फत सात महिनामा जीवन बीमकहरुले संकलन गरे साढे १ अर्ब प्रिमियम, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौै । जीवन बीमकहरुले चालु आर्थिक वर्षको ७ महिनासम्म साढे १ अर्ब रुपैयाँ बराबरको लघु बीमा व्यवसाय गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार लघु बीमालेख बिक्रीबाट माघसम्म १२ वटा जीवन बीमा कम्पनी र ३ वटा लघु जीवन बीमा कम्पनीले १ अर्ब ४९ करोड ८८ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेका हुन्। यो अवधिसम्म यी कम्पनीहरुको कुल सक्रिय रहेको बीमालेख संख्या ३४ लाख ६५ हजार १२५ वटा रहेको छ।

यो ७ महिनामा लघु बीमालेख बिक्रीबाट नेशनल लाइफले सर्वाधिक व्यापार गरेको छ। यो कम्पनीले मात्रै ६२ करोड ३० लाख रुपैयाँ बढीको कुल बीमाशुल्क आर्जन गरेको छ।

Esewa
Crest

यसैगरी दोस्रोमा सिटिजन लाइफ रहेको छ। यो कम्पनीले लघु बीमालेख बिक्रीबाट २६ करोड ७४ लाख रुपैयाँ बढी कुल बीमाशुल्क आर्जन गरेको छ। तेस्रो सानिमा रिलायन्स लाइफले १६ करोड २३ लाख रुपैयाँ, चौथोमा सूर्यज्योति लाइफले १५ करोड ९७ लाख रुपैयाँ र पाँचौँमा प्रभु महालक्ष्मी लाइफले १२ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

यस्तै लघु बीमालेख बिक्रीबाट मेट लाइफले ८ करोड ४९ लाख रुपैयाँ, सन नेपाल लाइफले १ करोड ७४ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ७० लाख रुपैयाँ, नेपाल लाइफले २० लाख ६१ हजार रुपैयाँ, एसियन लाइफले २० लाख ३० हजार रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसनले ७ लाख ३३ हजार रुपैयाँ र हिमालयन लाइफले २३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

उता, लघु जीवन बीमकमध्ये सबैभन्दा बढी क्रेष्ट माइक्रो लाइफले लघु बीमालेख बिक्रीबापत सर्वाधिक बीमाशुल्क आर्जन गरेको छ। यो ७ महिनाको अवधिमा यो कम्पनीले मात्रै २ करोड ५८ लाख रुपैयाँ ७० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। गार्डियन माइक्रो लाइफले १ करोड १५ लाख २३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दा लिबर्टी माइक्रो लाइफले ४८ लाख ७२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS