IME Life New

लघु बीमाको विकासमा मेट लाइफको प्रतिबद्धता, दावी व्यवस्थापन प्रणालीको शुरुवात

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेट लाइफ नेपालले लघुबीमा दावीका लागि नयाँ दावी व्यवस्थापन प्रणालीको शुरुवात गरेको छ । यस प्रणालीले ग्राहकहरूलाई छिटो भुक्तानी गर्न म्यानुअल दाबी प्रक्रियालाई प्रतिस्थापन गर्नेछ । नयाँ प्रणालीमा दावी आवश्यकता र डिस्चार्ज भाउचरहरूका लागि स्वचालित इमेलहरूको व्यवस्थाका साथसाथै दावी पेश गर्न र भुक्तानीको समयलाई घटाउनका लागि स्वचालित दाबी मूल्याङ्कन जस्ता सुविधाहरू समावेश गरिएका छन् ।

मेट लाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठका अनुसार मेट लाइफ आफ्ना ग्राहकहरूको थप आत्मविश्वासी भविष्य निर्माणमा मद्दत गर्न प्रतिबद्ध छ । साथै उनले दु्रत दाबी समाधान नै लघुबीमा ग्राहकहरूको प्राथमिकता रहेको र यसका लागि उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न मेट लाइफको नयाँ दाबी व्यवस्थापन प्रणाली कोशेढुङ्गा सावित हुने बताए ।

Esewa
Crest

लघुबीमा मार्फत सेवा विहीन समुदायलाई वित्तीय सुरक्षा प्रदान गर्न मेट लाइफ सन् २००९ मा लघवित्त संस्थाहरुसँग साझेदारी गर्ने नेपालको पहिलो बीमा कम्पनी हो । कम्पनीको ग्रामीण कर्जा बीमाले देशका ७७ जिल्ला भरिका लघुवित्त संस्थातथा सहकारीका ऋणीहरुलाई बीमा सुरक्षा प्रदान गर्दै आएको छ । ऋणीहरुको कर्जा चुक्ता क्षमातालाई प्रभाव पार्न सक्ने अप्रत्याशित घटनाहरूबाट जोगाउन बीमाले ऋणीहरुको बाँकी रहेको कर्जा चुक्ता गरि निजहरुको परिवारलाई थप आर्थिक सहयोग प्रदान गर्दछ ।

सन् २००९ भन्दापहिले लघुवित्त संस्थाका ऋणीहरूको बीमा सुरक्षामा पहुँचका लागि कुनै औपचारिक माध्यम थिएन । मेट लाइफले स्वरोजगार र गरिबी निवारणमा सहयोग गर्ने उद्देश्यका साथ लघुवित्त उद्योगका विज्ञहरूसँग परामर्श गरि नेपालमा लघुविमा योजना शुरु गरेको थियो । तत्पश्चात मेट लाइफले यसको नियमित समिक्षा गरि प्रक्रियालाई सरल बनाउँदै, योजनाहरूको विकास र परिमार्जन गर्दै यसलाई अझ बढी ग्राहक केन्द्रित बनाउँदै आएको छ ।

मेट लाइफ नेपालका सहायक उपाध्यक्ष तथा प्रमुख वितरण अधिकृत अरुण बहादुर बस्नेतको अनुसार यस प्रणालीको शुरुवातले दावीहरूको प्रशोधन समय उल्लेखिय रुपमा घटाउन मद्दत गर्नेछ किनकि यसमा दावी सारांश तयारी, डिस्चार्ज भाउचर तयारी र स्वीकृतिका लागि हातबाटै तथ्यांक भर्न र प्रशोधन गर्न आवश्यक पर्दैन । यसले लघु ग्राहकहरूलाई उनीहरूको कठिन समयमा राहत दिनको लागि छिटो भुक्तानी प्रेषण गर्न सक्षम गराउँछ । साथै वहाँले आफ्ना लघु ग्राहकहरूलाई समयमै सेवा प्रदान गर्न प्रणालीलाई सुधार गर्दै डिजिटल सेवामा लैजान निरन्तर काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS