IME Life New

लघुवित्त बैकर्स संघ कोशी प्रदेशद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लघुवित्त बैकर्स संघ कोशी प्रदेशद्धारा उदयपुर जिल्ला अन्तर्गतका सम्पूर्ण लघुवित्त वित्तीय संस्थहरुको सहभागीतामा वित्तीय साक्षरता राष्ट्रिय अभियानका कार्यक्रम सम्पन्न गरेको छ । करिव १५ सय भन्दा वढी सेवाग्राही सदस्य, स्थानीय, युवा, विद्यार्थी, स्थानीय व्यपारीहरुको उपस्थितीमा सम्पन्न उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा लघुवित्त हाम्रो साथी हो, लघुवित्त हामीलाई चाहिन्छ, लघुवित्त जिन्दावाद, कर्मचारीको सुरक्षाको ग्यारेण्टी गर भन्ने जस्ता नारा लगाइएको थियो ।

गाईघाट वजार परिक्रमा गरी द इम्पायर इन होटलमा औपचारिक कार्यक्रम परिणत भएको उक्त कार्यक्रममा जिल्लाका सवै सरोकारवाला, स्थानीय निकायहरु, पत्रकार, उद्योग वाणिज्य महासंघको अध्यक्ष, विभिन्न लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत, नायव कार्यकारी अधिकृत, विभागीय प्रमुख, अनुगमन अधिकृत, सम्वन्धित कर्मचारीहरुको वाक्लो उपस्थिति रहेको थियो ।

Esewa
Crest

उक्त कार्यक्रम नेपाल लघुवित्त बैकर्स संघ कोशी प्रदेश संयोजक तथा जीवन बिकास लघुवित्त वित्तीय संस्था लि.को प्रमुख कार्यकारी अधिकृत संजय कुमार मण्डलको सभापतित्व, त्रियुगा नगरपालिका उप प्रमुख महेश्वरी राईको प्रमुख आतिथिमा सम्पन्न भएको हो । कार्यक्रममा कार्यक्रमको औचित्य प्रकाश पार्दै महूली लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डेले अहिलेको चुनौतिपूर्ण अवस्थामा कुनै भ्रममा नलागी लघुवित्तलाई यसको मर्म र भावना अनुसार संचालनमा सहयोग गर्नु पर्ने कुरामा जोड दिएका थिए ।

उद्घाटन सत्रमा बोल्दै त्रियुगा नगरपालिका उप प्रमुख महेश्वरी राईले लघुवित्त वित्तीय संस्थाले महिलालाई उद्यमी वनाउन, आर्थिक सशक्तिकरण गर्न साथै जीवन परिवर्तनको सम्वाहक रुपमा काम गरेको गरेको र साथै आउदा दिनमा समेत अझ परिष्कृत सेवा प्रवाह गर्न सुझाव दिएका थिए । कार्यक्रममा विभिन्न लघुवित्तमा सफल उद्यमी वनेका महिलाहरुले समेत आफ्नो अनुभव राखेका थिए ।

कार्यक्रमको समापनमा बोल्दै नेपाल लघुवित्त बैकर्स संघ कोशी प्रदेश संयोजक तथा जीवन बिकास लघुवित्त वित्तीय संस्था लि.को प्रमुख कार्यकारी अधिकृत संजय कुमार मण्डलले लघुवित्त वित्तीय संस्थामा देखिएको समस्याहरुलाई सबै मिलि काम गर्नु पर्ने बताउदैँ आजको भ्रमपूर्ण अवस्थालाई चिर्दै काम गर्नु पर्ने भएको तथ्य औल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS