IME Life New

लघुवित्त बचाऔं भन्दै विराटनगरमा महिलाहरुले गरे शान्तिपूर्ण -याली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लघुवित्त बचाऔं भन्दै लाखौं महिलाहरुले हिजो विराटनगरमा शान्तिपूर्ण -याली निकालेका थिए । लघुवित्तले पु-याएको सकारात्मक सहयोग तथा ग्रामीण क्षेत्रमा वित्तीय पहूँचलाई कायम राख्नु पर्दछ भन्दै उनीहरुले -याली गरेका हुन् ।  यसको विरुद्धमा गरिने संघर्षका भ्रमपूर्ण कार्यक्रमहरु तत्काल बन्द हुनु पर्दछ भनी लघुवित्त संरक्षण तथा प्रवद्र्धन समितिको अगुवाईमा मोरङ्ग जिल्ला भरीवाट लघुवित्तलाई वचाऊ अभियानमा एक जुट भएर लघुवित्त हाम्रो घर हो, घर भाड्न पाइदैन, लघुवित्त रुपी बृक्षको रक्षा गरौं, गरिवहरुको वित्तीय पहूँच हुन पर्छ भन्ने नाराका साथ विराटनगर हाटखोलामा भेला भएर विराटनगर नगरक्षेत्र भित्र देवकोटा चोक, सिद्धार्थ चोक, हनुमान मन्दिर, अतिथि सदन, गोल्छा चोक, जिल्ला प्रशासन कार्यालय हुदै पुनः हाटखोलमा आई कोण सभामा परिणत भएको थियो ।

कार्यक्रममा विभिन्न महिलाहरुले कार्यक्रमको विषयमा आफ्नो विचार व्यक्त गर्दै, भने, लघुवित्तले सिकाएको सिपले हामीले आफ्नो जीवन चलाएका छौं, छोराछोरीलाई पढाएका छौं, श्रीमान्हरु समेतलाई रोजगारी सृजना गराएका छौ, उद्यमी वनेका छौं । त्यसैले गाउँ गाउँमा आई सेवा दिने लघुवित्त हाम्रो लागि चाहिन्छ, यसलाई बचाई राख्नु पर्दछ ।

Esewa
Crest

यसरी नै यस सम्वन्धी भ्रम फैल्याउने लघुवित्त संघर्ष समितिलाई चुनौति दिदै सवै महिला एक जुट हुनु पर्ने, लघुवित्तलाई वचाउनु पर्ने, ग्रामीण क्षेत्रमा वित्तीय पहूँचलाई निरन्तरता दिनु पर्ने निष्कर्ष निकालेका छन् । यदी यो समस्या वेलैमा समाधान नहुने हो भने यो संघर्ष कार्यक्रमलाई निरन्तर दिने कुरा समेत वताएका छन् । विभिन्न लघुवित्त वित्तीय संस्थामा आवंद्ध सेवाग्राही सदस्य तथा अभिभावकहरुको अगुवाईमा शान्तिपूर्ण ¥याली सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS