IME Life New

लघुवित्त कर्मचारी मञ्चद्धारा स्थानीय जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लघुवित्त कर्मचारी मञ्चले आज एक कार्यक्रमबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सुर्खेत जिल्लाको वीरेन्दनगर नगरपालीका भित्र कार्यक्षेत्र भई आफ्नो कार्यक्रम संञ्चालन गदै आएका करिब २२ वटा लघुबित्त वित्तीय संस्थाको साझा संगठन लघुवित्त कर्मचारी मञ्चले वीरेन्दनगर नगरपालीका वडा नं.२ का जनप्रतिनिधि तथा प्रहरी प्रशासानसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

यस वीरेन्दनगर,लघुवित्त कर्मचारी मञ्जका सल्लाहाकार तथा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका अनुगमन,अधिकृत सुरेश परियारले कार्यक्रम सञ्चालन गर्दै मुख्य भुमिका निर्वाह गरेका थिए । साथै वीरेन्दनगर,लघुवित्त कर्मचारी मञ्जका कोषाध्यक्ष वोमी–सुर्यदय लघुवित्त वित्तीय संस्थाका शाखा कार्यालय,सुर्खेतकी शाखा,प्रबन्धक मिना बोहोराले कार्याक्रमा उपस्थित सबैमा स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

Esewa
Crest

त्यसैगरी वीरेन्दनगर,लघुवित्त कर्मचारी मञ्जका उपा–अध्यक्ष छिमेक लघुवित्त वित्तीय संस्थाका वीरेन्दनगर,सुर्खेत शाखा,कार्यालयका शाखा प्रबन्धक मान बहादुर रानाले कार्याक्रमको बारेमा बिस्तृत जानकारी तथा लघुवित्त वित्तीय संस्थाको परिचय,यसको मुख्य एजेन्डा, काम कर्तव्य र लघुवित्तको सेवावारे सम्पुर्ण जानकारी सहित लघुवित्तप्रति नकारात्मक, अपबाह फैलाउने लघुवित्त विरोधि संगठन र लघुवित्त क्षेत्रलाई परेको असर बारे जानकारी दिँदै त्यसको उपाय तथा सहजिकरण बारे जानकारी दिएका थिए ।

कार्यक्रममा विशिष्ठ– अथितिको रुपमा इलाका प्रहरी कार्यालयका कार्यालय, प्रमुख नारायण विष्टले लघुवित्त विरोधि संघर्ष समिति देखि कुनै पनि लघुवित्त संस्थाको कार्यक्रममा असर पर्ने गरी असहयोगको वातावरणको सिर्जना भएमा कर्मचारीको जिउ धनको सुरक्षामा आफु सधै अग्रसर रहने कुरामा विस्वस्त भई दैनिक कार्यलाई सहज रुपमा अगाडी बढाउन आग्रह गरे ।

साथै यस कार्यक्रमका प्रमुख–अथिति तथा वीरेन्द्रगर,नपा.२ का वडा अध्यक्ष गज बहादुर बुढाले आफु पनि करिब २० बर्ष पहिले देखिनै लघुबित्त वित्तीय संस्थाको ज्ञाण भएको र हाल जुन किसिमको अराजक गतिविधि भइरहेको छ यस तर्फ सम्बन्धित निकाय, नेपाल सरकार,नेपाल राष्ट बैंक तथा विभिन्न संगठनले यो विषयमा गम्भीर भएर सोच्नु पर्ने बेला आएको बताउँदै बैंक तथा वित्तीय संस्थाको निति नियम भित्र रहि कर्जा चलाई सकेपछि नर्तिनु गुन्डा शली हो र लिएको कर्जा तिर्नुपर्ने र मिनाहा हुने कुरामा कल्पना समेत गर्न नसकिने भन्दै विभिन्न जानकारी गराए ।

कार्यक्रममा यस वीरेन्दनगर,लघुवित्त कर्मचारी मञ्चका अध्यक्ष तथा मेरो माइक्रोफाइनान्स लघुवित वित्तिय संस्था वीरेन्दनगर,सुर्खेत शाखा कार्यालयका शाखा प्रबन्धक तथा कार्यक्रमका ‘सभापति‘ प्रन्शान्त शाहले अति विपन्न वर्गका सदस्य पहिचान गरी गरिवी निवारणमा लघुवित्त संस्थाले अहम भुमिका निर्वाह गरेको बताए ।

साथै उनले ग्राहक मैत्री लघुवित्त सेवा प्रबाह गरी विना धितो कर्जा लगानी गर्दा समेत किन लघुवित्तकर्मीमा मात्रै दिन दिनै अप्रिय घट्ना हुन्छ यस विषयमा स्थानिय निकाय तथा प्रहरी प्रशासानको आबस्यक सहजिकरण तथा सहयोगको आशा राख्दै कर्मचारीहरु आफ्नो कार्यक्रम बिस्तार गर्न फिल्डमा जादैगर्दा केहि असहज अबस्था आएमा र कर्मचारी माथि अभद्र ब्यवाहार सिर्जना भएमा सम्बन्धित स्थानिय निकाय पनि थप जिम्मेवार,रहने कुरा जानकारी गराए ।

त्यसैगरी उनले आफु लघुवित्त कर्मचारी मञ्चको अध्यक्ष भएको नाताले हाल लघुवित्त वित्तिय संस्था बिरुद्धको संघर्ष समितिको प्रभावित क्षेत्र विरेन्दनगर, नपा २ का विभिन्न ठाँउ जस्तै, बाङ्गगेसिल, कोल्डाडा,गुप्तीपुर, लगायतका स्थानमा अतिनै भ्रामक गलत अपवाह फैलाइएकोले हाल कुनै पनि लघुवित्त संस्थाको करिब ३ महिना देखि उक्त्त स्थानमा असुली तथा कर्जा लगानी नभएको भन्दै लघुवित्तलाई उचित काम गर्ने वातावरण सिर्जना गरिदिन माग समेत गरे ।

उनले वडा कार्यालयको सहजिकरणमा उक्त्त स्थानमा वित्तीय साक्षरता कार्यक्रम पनि अब छिटै नै गर्ने कुराको जानकारी सहित कार्यक्रममा उत्साह जनक सहभागीताको लागी विषेश धन्यबाद ज्ञापन समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS