IME Life New

लघुवित्तलाई मर्जरको सुविधा पुस मसान्तसम्म मात्रै, २० प्रतिशत लाभांशको सिमा कायमै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुस मसान्तसम्ममा एकिकृत कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाहरुलाई मात्रै मर्जरको थप सुविधा प्रदान गर्ने भएको छ । राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीति मार्फत गत असारसम्म दिदै आएको सहुलियत यहि वर्षको पुस समान्तसम्म मात्रै दिने भएको छ ।

लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकिकृत निर्देशन २०७८ मा संशोधन/परिमार्जन तथा थप व्यवस्था गर्ने क्रममा यस्तो व्यवस्था थप गरेको हो । राष्ट्र बैंकले २०७९ पुस मसान्तभित्र एकिकृत कारोबार संचालन गरेमा तोकिएका सुविधाहरुका अतिरिक्त एकिकृत कारोबार गरेको मितिले एक वर्षसम्म सञ्चालन जोखिमबापत कुल सम्पत्तीको एक प्रतिशत रकम मात्र जोखिम भारित सम्पत्ती थप गरे पुग्ने व्यवस्था गरेको छ ।

Esewa
Crest

त्यस्तै वार्षिक २० प्रतिशत भन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २० प्रतिशत माथिको प्रस्तावित लाभांशको २५ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्थामा २०८० असार मसान्तसम्मको लागि छुट प्रदान गर्नेछ । अन्यथा लघुवित्तले २० प्रतिशत भन्दा माथि लाभांश दिन पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS