IME Life New

लगानी बोर्डले दिगो पुर्वाधार लगानी सम्मेलन आयोजना गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दिगो विकास लक्ष्य प्राप्तिका लागि ‘जिआरआइडी’ अर्थात उत्थान हरित उत्थानशील र समावेशी विकास हासिले गर्ने उद्देश्यले नेपाली लगानी बोर्डले यहि भदौ २९ गते काठमाडौंमा सस्टेनेवल इफ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फोरम को आयोजना गर्ने भएको छ ।

नेपालको विश्व जलवायु सम्मेलन (कोष-२६) मा नेट जीरो कार्वन अर्थात शुन्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि जाहेर गरेको प्रतिवद्धताका लागि साधन स्रोतको परिचालनमा उक्त फोरम कोशेढुंगा सावित हुने लगानी बोर्डले अपेक्षा गरेको छ ।

Esewa
Crest

यस कार्यक्रमले उद्देश्य हासिल गर्ने पक्षलाई विचार गर्दै लगानीकर्ता/निजी क्षेत्र, नीति निर्माता, विकास साझेदार, बैंक वित्तीय संस्था, विज्ञ/विशेषज्ञ, सञ्चारक्षेत्र लगायत सरोकारवालाहरु साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विशिष्ठ व्यक्तित्वहरु विकास तथा पुर्वाधार क्षेत्रका विज्ञहरुको सहभागितालाई जोड दिइएको छ ।

कार्यक्रमको समुद्घाटन प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेर बहादुर देउवाबाट हुनेछ । एक दिनका लागि सञ्चालन हुने यस कार्यक्रममा सार्वजनिक निजी साझेदारी (पिपिए) परियोजना विकासका लागि अवधारणा सम्भाव्यता अध्ययन भएका र लगानी सम्भाव्य परियोझनाहरुको बारेमा विज्ञहरु विचमा सैद्धान्तिक बहस हुनेछ ।

रणनीतिक योजना तथा लगानीकर्ताका लागि व्यवसायिक निर्देशिका विजनेस गाइड सार्वजनिक गरी गत वर्ष लगानी बोर्डले दशौं वार्षिकोत्सवको कार्यक्रम आयोजना गरेको र उक्त रणनीतिक योजना कार्यान्वयनको चरणमा रहेको सन्दर्भमा यस कार्यक्रमले उक्त रणतीतिक योजनाको उद्देश्य हासिल गर्न सक्ने सार्थक हुने अपेक्षा गरिएको छ ।

उद्घाटन सत्रसहित परियोजा बैंक नेटवर्किङ एवं स्टलसम्बन्धी जानकारी उक्त कार्यक्रममा गराइनेछ भने Accelerating Climate Finance in Nepal, Investment in Nepal’s Energy Transition तथा Business Environment for Development Sustainable Infrastructure in Nepal जस्ता सत्रहरु सञ्चालन हुनेछ । उक्त सत्रहरुको सञ्चालनपछि कार्यकरमको समापन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS