IME Life New

लकडाउन पछि नेपालको पूँजी बजारको गति कता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चीनको वुहानमा देखा परेको कोरोना भाइरसको महामारीले संसारको ‘पावर हाउस’ भनिने यूरोप र अमेरिकालाई आफ्नो चपेटामा पारेसँगै अबको विश्वको अर्थतन्त्र के-कस्तो होला भन्ने अन्योलता थपिदिएको छ । कच्चा तेलको मूल्यमा आएको उतार चढाव र “कोरोनाले गर्दा २०२० मा विश्व व्यापार ३२ प्रतिशत घट्छ” भन्ने डब्लुटीओको प्रक्षेपणसँगै पछिल्लो एक महिनाको अवधिमा रसियाको शेयर बजारमा सर्वाधिक ४६ प्रतिशतसम्म गिरावट आयो, अप्रिल महिनाको पहिलो हप्तासम्म पनि रसियाको बजारमा सुधार देखिएको छैन ।

Esewa
Crest

इटाली, फ्रान्स र बेल्जियममा ३७ प्रतिशतसम्म गिरावट आएको थियो भने संसारको ठूलो मध्येमा पर्ने हङकङ स्टक एक्सचेन्जमा १८ प्रतिशतको गिरावट देखिएको थियो । यूरोपेली देश स्वीट्जरल्यान्डमा भने तुलनात्मक रूपमा थोरै १३ प्रतिशतको गिरावट देखिएको छ भने यूरोपभन्दा पछि कोरोना पुगेको देश अमेरिकाको डाउजोन्समा यूरोपेली बजारकै हाराहारीमा गिरावट आएको छ । उक्त बजारहरूमा क्रमश: घट्ने र फेरि बढ्ने क्रम लगभग एकैसाथ देखिएको छ ।

हाम्रो बजार नेप्से के होला ?
संसारमा ९० प्रतिशत मानिससँग जति सम्पत्ति छ, त्यति सम्पत्ति १० प्रतिशत मानिससँग छ । अहिले संसारभरका धेरै देशले नागरिकलाई लकडाउन लगाएका छन् तर पनि शेयर बजार बन्द गरेका छैनन् तर नेपाल लकडाउन भएपछि नेपाल धितोपत्र बोर्डले बजार बन्द गर्ने घोषणा गर्‍यो । वि.सं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले पुर्‍याएको क्षतिपछि केही समय कारोबार रोकिएको थियो तर  केही दिन आक्रामक रुपमा बजार घटेपनि यस्तो गिरावट धेरै दिन रहेन र पुनः बजारले गति लिएको थियो ।

त्यसकारण, बजार खुल्ने वित्तिकै सबै खत्तम हुन्छ भन्ने धारणा लिनु गलत हो । कारोवारलाई सुचारू गर्दा बजार प्यानिक हुनेगरी ९४० को विन्दुसम्म बजार पुग्नपनि सक्छ भन्ने कुराको पुष्ठि सन् ( २००१ र २००९) को करेक्सनले गरिसकेको छ । तर यस्तो अवस्थामा बजार खुल्दा सरुमा आक्रामक बिक्री आउने र त्यसपछि भने आक्रामक बजार वृद्धि भएका उदाहरण छन्।

अहिले विश्व अर्थतन्त्रमा के होला भन्ने अन्योलता र कोरोनाले नेपालका सूचीकृत कम्पनीको आय, जगेडा कोष र प्रशासनिक खर्चमा उल्लेखनीय असर पार्ने सम्भावना देखिन्छ । चालू आर्थिक वर्षको आम्दानीमा केही कमी आउँदा लाभांश कम हुनसक्छ। हो ! अहिले संकट देखिएको छ तर संकटसँग समाधानपनि जोडिएर आएको हुन्छ भन्ने कुराको प्रमाणको रूपमा हालसालै भएको व्याजदर घटाउने सहमतिलाई लिन सकिन्छ । शेयरबजार घट्ने र बढ्ने नियमित प्रक्रिया हो र यो नै यसको सुन्दरता पनि ! तसर्थ बजार खुलेपछि के होला ? कति घट्छ ? भन्ने मनोवैज्ञानिक त्रासले भोक निद्रा हराऊनु भन्दा संयमता अपनाउँदै यसलाई अवसरको रूपमा तिनु पर्दछ किन भने त्यसपछिको ५२ महिना बजार बुल रन नै हो ।

संकटको समाधान के त?
यो विश्वव्यापी संकटबाट अर्थतन्त्रलाई उकास्न विभिन्न देशले आर्थिक प्याकेज घोषणा गरेका छन् । जापानले १० खर्ब डलर जुन रकम उसको कुल गार्हस्थ्य उत्पादनको २० प्रतिशत बराबर हो । अमेरिकाले २ हजार अर्ब डलरको, चीनले ५०० अर्ब, भारतले २३ अर्ब, पाकिस्तानले ६० करोड डलर बराबरका राहत योजना ल्याएका छन् । बेलायत, अस्ट्रेलिया, मलेशिया र जी सेभेन मुलुकले पनि कोरोनाबाट अर्थतन्त्रलाई जोगाउन राहतमुखी योजना ल्याइसकेका छन् । यो समस्या चाँडै नियन्त्रण नभए संकट सन् २००८/९ को मन्दीभन्दा पनि खराब हुने मुद्रा कोषको अनुमान छ ।

नेपाल सरकार र सम्बन्धीत निकायले विभिन्न कोषमा राखेका रकमहरुलाई राहत र राहतको प्याकेजमा प्रयोग गर्दै  भित्र आर्थिक क्रियाकलापमा वृद्धि गर्न सक्छ।  जसले बैङ्किङ्ग प्रणालीमा तरलता वृद्धि भएसँगै समस्त शेयर बजारलाई नै सकरात्मक असर पुग्ने देखिन्छ।  नेपाल सरकारले पनि आर्थिक प्याकेज घोषणा गर्दै विभिन्न कोषमा राखेका रकमहरुले विपत्ति समाधानका साथै नेपालको पुँजी बजारको विकासमा उपयोग गर्न सक्छ जस्तै:

  • पूर्वाधार विकास करका नाममा पेट्रोलियममा उठाइएको कर ३० अर्ब रुपैयाँ नाघिसकेको छ ।
  • सामाजिक सुरक्षा कर पारिश्रमिकमा १ प्रतिशतका दरले लिइएको ६ अर्ब रुपैयाँ उपयोग हुन पाएको छैन ।
  • सरकारले कोरोना रोकथाम र यसको असर समाधानका निम्ति ४१ अर्ब रुपैयाँ वैदेशिक सहायता लिने तारतम्य मिलाइरहेको छ ।
  • विश्व बैंकसँग २४ अर्ब २२ करोड, एशियाली विकास बैंकसँग ७ अर्ब २६ करोड, अन्तरराष्ट्रिय मुद्राकोषसँग १३ अर्ब  ९ करोड रुपैयाँ लिने सरकारी योजना छ ।

यो रकमहरुलाई संक्रमण नियन्त्रणसँगै सुचिक्रित कम्पनिको आर्थिक उत्थानमा लगाउने जसले कुल गार्हस्थ्य उत्पादन बढाउँछ। राज्यले कर छुट, विकास खर्चमा वृद्धि गर्दै तरलता बढाउन सक्छ ।

नियमनमा रहेका बैंक, बीमालाई नियामकले नै कोष (सञ्चिति) वृद्धि गर्न निर्देशन दिनुपर्ने छ । धितोपत्र बोर्डले नै विशेष निर्देशन दिएर नियमनमा नरहेका कम्पनीहरुलाई पनि वितरणयोग्य नाफाको निश्चित प्रतिशत सञ्चित कोष राख्न लगाउनुपर्ने आवश्यक छ ।

अन्तमा, मानवताको संरक्षणकालागि आर्थिक त्याग पनि गर्नुपर्छ तर यसमा पनि सीमा निर्धारण गर्नुपर्छ । व्यवस्थापकीय क्षमता, संस्थागत विकाससँगै ट्रेडिङ प्रणालीलाई  पूर्ण  स्वचालित, बजारको क्षेत्रगत विविधिकरणका साथै संस्थागत लगानीकर्ता र लगानीकर्ताहरुलाई व्यावसायिकको रूपमा अगाडि बढाउँदै जाने हो भने समस्त पुँजी बजारपनि नेपालको आर्थिक विकासको सहयात्रि बन्न सक्छ भन्ने कुरा सबै सरोकारवालाहरूले मनन गर्नेछन् ।

( विगत १७ वर्ष देखि  शेयर बजारको अनुभव संगालेका लेखक हाल संयुक्त राज्य अमेरिकाको आर्कान्सास राज्यमा छन् )

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS