IME Life New

लक्ष्मी सनराइज बैंकले गर्यो वीरगन्जमा सेवा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी सनराइज बैंकले पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकामा आफ्नो शाखा स्थानान्तरणमार्फत सेवा विस्तार गरेको छ।

बैंकको वीरगन्ज–६ स्थित आदर्शनगरचोकमा रहेको शाखालाई वीरगन्ज–८ स्थित लिंकरोड (अघिल्लो शाखा स्थानबाट करिब १ किलोमिटर मिटर उत्तरपूर्वतर्फ) मा स्थानान्तरण गरिएको हो। स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकले आदर्शनगरमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्नेछन्।

Esewa
Crest

स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ। स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैंकिङ सेवा प्रदान गर्नेछ।

हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४शाखा, ३२० एटीएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ एजेन्ट रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS