IME Life New

लक्ष्मी सनराइज बैंकको सौजन्यमा २०० बढी किशोरीलाई सुरक्षा र आत्मरक्षा तालिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा किडपावर नेपालको आयोजना तथा लक्ष्मी सनराइज बैंकको सौजन्यमा काठमाडौं उपत्यकाका विभिन्न जिल्लाहरुमा सप्ताहव्यापी कार्यक्रम आयोजना भएको छ ।

उक्त अवसरमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका विभिन्न विद्यालयहरुमा अध्ययनरत कक्षा ८, ९ र १० का २०० भन्दा बढी किशोरीहरुलाई सुरक्षा र आत्मरक्षा तालिम प्रदान गरिएको थियो।

Esewa
Crest

तालिम प्रदान गरिएका विद्यालयहरुमा गान्धीआदर्श माध्यमिक विद्यालय(कागेश्वरी मनोहरा नगरपालिका,काठमाडौं), श्री सिद्धि मंगल माध्यमिक विद्यालय(महालक्ष्मी नगरपालिका ललितपुर) र आदर्श माध्यमिक विद्यालय (सानोठिमी भक्तपुर) छन् । उक्त तालिम भदौ २५ गतेदेखि २८ गतेसम्म सञ्चालन गरिएको थियो ।

तालिम कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानअध्यापकहरु, सहायक प्रधानअध्यापकहरु,शिक्षकलगायत बैंकका शाखा प्रमुखहरुको उपस्थिति थियो ।सो अवसरमा गान्धीआदर्श माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष गया प्रसाद उपाध्यायले यस्ता सुरक्षा सम्बन्धी ज्ञानवद्धक सिकाईलाई विद्यालय पाठ्यक्रममा समावेश गराउन सकेमा यस्को प्रभावकारिता अझ बढ्ने बताए ।

यसैगरी, श्री सिद्धि मंगल माध्यमिक विद्यालय ललितपुरका प्रधानाध्यापक मीनबहादुर अछामीले तालिमबाट सिकेका सीपहरु शिक्षकमार्फत अन्य विद्यार्थीहरुलाई सिकाईने बताए ।

यस प्रकारको प्रशिक्षण सबैलाई आवश्यक रहेको र विद्यार्थीलगायत शिक्षकहरुलाई समेत दिन सके यसले पठन पाठनमा सहयोग पुर्याउने गान्धीआदर्श माध्यमिक विद्यालयको कक्षा ११ र १२ कक्षाकी संयोजक बन्दना घिमिरेले बताइन् । यस प्रकारका प्रशिक्षणहरु अत्यन्त आवश्यक रहेकाले निरन्तरता दिनका लागि गान्धी आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक रामबाबु रेग्मीले आग्रह गरे ।

तालिमका प्रमुख प्रशिक्षकमा किड पावर अन्तरराष्ट्रियका नेपाल निर्देशक अधिवक्ता सुषमा पोखरेल र सहायक प्रशिक्षक किडपावर नेपालका प्रतिनिधि कृष्ण प्रसाद खनालले गरेका थिए भने सुनिता पोखरेलको समेत उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS