IME Life New

लक्ष्मी सनराइज बैंकको शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेड एक आपसमा मर्ज भएपछि कायम हुने आएको कुल २१ करोड ६७ लाख २ हजार ३७९ कित्ता शेयर लक्ष्मी सनराइज बैंकको नामबाट सूचिकृत भएको छ । अव कम्पनीको शेयर भोलि अर्थात सोमवारबाट धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीको स्टक सिम्बोल एलएसएल रहेको छ ।

यी दुई बैंक १ः१ को अनुपातमा मर्जरमा गएका हुन । त्यस्तै मर्जर प्रयोजनको लागि रोक्का रहेको कम्पनीको शेयर कारोबार पनि फुकुवा भएको छ । दुबै बैंक एक आपसमा मर्ज भएपछि असार २९ गते लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार शुरु गरेका हुन ।

Esewa
Crest

साविकको सनराइज बैंकको सूचीकरण खारेज गरी त्यस कम्पनीको १० करोड ११ लाख ८८ हजार ९२९ कित्ता शेयर लक्ष्मी सनराइज बैंक लिमिटेडको नामबाट कायम गरी कुल २१ करोड ६७ लाख २ हजार ३७९ कित्ता शेयर अभिलेख भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS