IME Life New

लक्ष्मी लघुवित्तद्वारा आफ्ना ग्राहकलाई खेलौना बनाउने तालिम प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले ललितपुर जिल्लाको भैंसेपाटी शाखामा आवद्ध ग्राहक सदस्यहरुलाई खेलौना बनाउने तालिम प्रदान गरेको छ । भाद्र २६ र २७ गते गरी २ दिन सम्म सञ्चालन भएको तालिममा व्यवसाय उन्मुख २१ जना ग्राहक सदस्यहरुलाई सहभागी गराइएको कम्पनीले जनाएको छ।

तालिमको क्रममा लघुवित्तका नायव प्रबन्धक माधव प्रसाद शर्माले तालिममा बाट सिकेको सीपलाई उद्यमशिलता विस्तारमा लगाउनुपर्ने र समयको उचित सदुपयोग गरी सानो आयमूलक क्रियाकलाप बाट समेत आम्दानी सिर्जना गर्न सकिने भएकोले परिश्रमी हुनुपर्ने विषयमा हौसला प्रदान गरेका छन्।

Esewa
Crest

लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण, ट्यावलेट बैकिङ्ग, ई–सेवा, कनेक्ट आईपिएस र लक्ष्मी लघुवित्त स्मार्ट एप सुविधा संगै महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट महिला सशक्तिकरणमा टेवा पु¥याउने उद्धेश्यले विभिन्न किसिमका क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS