IME Life New

लक्ष्मी बैंकको साधारण सभा सम्पन्न, शेयरधनीको हात खाली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी बैंकको साधारण सभा सम्पन्न भएको छ । उक्त सभा कमलपोखरी स्थित अग्रवाल भवनमा सम्पन्न भएको बैंकले जनाएको छ । बैंकले बाइसौं वार्षिक साधारण सभाको लागि सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७८/०७९ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु (सहायक कम्पनी समेत) छलफल गरी स्वीकृत गरेको छ ।

Esewa
Crest

सभाले बैंकको लेखा परीक्षण समितिको सिफारिश वमोजिम आर्थिक वर्ष २०७९ /८० को लागि लेखा परीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने । (वर्तमान लेखापरिक्षक श्री पिकेएफ टिआर उपाध्या एण्ड कम्पनी, चार्टड एकाउन्टेन्ट्स पुनः नियुक्तिका लागि योग्य हुने प्रस्ताव पारित गरेको छ ।

सभाले लक्ष्मी बैंक र अन्य कुनै उपयुक्त बैंक वा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा बैंकले अन्य कुनै संस्थालाई प्राप्ती गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न संचालक समितिलाई दिइएको अख्तियारी लाई निरन्तरता दिने प्रस्ताव पारित गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS