IME Life New

लक्ष्मी केयर्सद्वारा लुम्बिनी आउने धर्मावलम्बीका लागि विद्युतीय सवारी प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी बैंकका कर्मचारीद्वारा स्थापित तथा सञ्चालित गैर सरकारी संस्था लक्ष्मी केयर्सले लुम्बिनी सम्पदा क्षेत्र परिसरमा प्रयोगका लागि दुई थान विद्युतीय सवारी प्रदान गरेको छ । आउँदो बुद्व जयन्तीको अवसरमा लुम्बिनी भ्रमणमा आउने धर्मावलम्बीहरुको सुविधालाई ध्यानमा राख्दै सो विद्युतीय सवारीहरु प्रदान गरिएको हो ।

सवारी साधनहरु ज्येष्ठ नागरिक, फरक ढंगले सक्षम लगायतका धर्मावलम्बी तथा पर्यटकहरुलाई लुम्बिनी सम्पदा क्षेत्र परिसर भित्र निशुल्क यात्राको लागि प्रयोग हुनेछ ।

Esewa
Crest

लुम्बिनीमा आयोजित एक कार्यक्रमका बीच उक्त विद्युतीय सवारीहरु लक्ष्मी केयर्सका अध्यक्ष अनुप श्रेष्ठ र पूर्व अध्यक्ष तथा सल्लाहकार शिशु जोशीले संयुक्त रुपमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय शाक्य पुत्तलाई हस्तान्तरण गरेका हुन् ।

लक्ष्मी केयर्सले गत २०७९ चैत्र १८ गते काठमाडौंमा आयोजना गरेको अरेन्ज भाइब्स, २०२३ सागिंतिक कार्यक्रममा संकलित रकमबाट उक्त विद्युतीय सवारीहरु सहयोग प्रदान गरेको हो । लक्ष्मी केयरर्सले विभिन्न सामाजिक कार्यमा सदुपयोग गर्नका लागि रकम संकलन गर्ने उद्देश्यले विविध कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।

लक्ष्मी केयर्सले नवीकरणीय उर्जा प्रवर्धन,वातावरण संरक्षण,वित्तीय साक्षरता तथा बालिका शिक्षा कार्यक्रम लगायतका विभिन्न क्षेत्रमा सामाजिक कार्यहरु सञ्चालन गर्दै आइरहेको छ ।

विगतमा लक्ष्मी केयर्सले बागमती पुल, पाटन दरबार क्षेत्र, भद्रकाली(सिंहदरबार सडक, बाराको गढिमाई मन्दिर, बनेपाको चण्डेश्वरी मन्दिर परिसर लगायतका स्थानहरुमा सौर्य बत्ती जडान गर्नुका साथै विभिन्न स्थानमा वृक्षरोपण कार्यक्रम तथा देशभर विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक रुपले विपन्न तथा जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS