IME Life New

रूसी यूद्धको छायाँ बीमा क्षेत्रमा, भारतीय संयुक्त लगानीको बीमकको क्रेडिट रेटिंङ खस्कियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी मुलुक युक्रेन विरुद्ध धावा बोलेको रुसको बीमा क्षेत्रमा समेत यूद्धको असर देखा परेको छ । अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी एम बेस्टले रूसी बीमक पुनर्बीमकको वित्तीय क्षमताको मूल्यांकन घटाएको छ ।

एएम बेष्ट एजेन्सीको नयाँ नोटले रूसी पूनर्बीमकको वित्तीय क्षमता रेटिङलाई बि (फेयर) बाट बि माइनस (फेयर) र दीर्घकालीन शेयर जारीकर्ता क्रेडिट रेटिङलाई ‘बिबि प्लस बाट ‘बिबि माइनस’ (फेयर) मा घटुवा गरेको छ।  यूद्ध शुरू भएपछि एएम बेस्टले धेरै बीमा कम्पनीलाई समीक्षा अन्तर्गत राखेको थियो।

Esewa
Crest

पछिल्लो घटौतीको सन्दर्भमा, एएम बेस्टले जारी गरेको टिप्पणीमा, “मूल्याङ्कनहरूले रूसी पूनर्बीमकको वासलात क्षमतालाई प्रतिबिम्बित गर्दछ, जुन एएम बेस्टले सघनरूपमा मूल्याङ्कन गर्छ, साथै यसको पर्याप्त सञ्चालन कार्यसम्पादन, सीमित व्यापार विविधिकरण र सीमान्त उद्यम जोखिम व्यवस्थापन। मूल्याङ्कन घटाैतीले रूसमा बढेको भूराजनीतिक, आर्थिक र वित्तीय प्रणाली जोखिमका कारण कम्पनीको वासलात क्षमतामा भएको गिरावटलाई प्रतिबिम्बित गर्दछ, र मुद्रास्फीतिको पर्याप्तता, तरलता अवरोध, र विदेशी पुनर्बीमाकर्ताहरूमा कम्पनीको निर्भरतालाई ध्यानमा राख्छ।”

एएम बेस्टले इंगोस्ट्राख इन्स्योरेन्स कम्पनीको वित्तीय क्षमता रेटिङलाई डबल बिप्लसप्लस(राम्रो) बाट बी (फेयर) र दीर्घकालीन शेयर जारीकर्ता क्रेडिट रेटिङलाई त्रिपलबि (राम्रो) बाट ‘डबलबिप्लस’ (फेयर) मा घटुवा गरेको घोषणा पनि गरेको छ।

एएमबेष्टले भारतीय संयुक्त लगानीको रूसी बीमा कम्पनी जिआइसी पेरेटस्ट्राखभेनी बीमा कम्पनीकाे वित्तीय सक्षमतालाई बिप्लसप्लस (राम्रो) बाट बिप्लस (राम्रो) र यसको दीर्घकालीन शेयरजारीकर्ता क्रेडिट रेटिङलाई ‘त्रिपलबि’ (राम्रो) बाट ‘त्रिपलबीमाइनस’ (राम्रो) मा घटुवा गरिदिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS