IME Life New

रिलायबल लाइफ इन्स्योरेन्स र सिद्धार्थ बैंकबीच बैंकासुरेन्स सम्झौता देशको कुना-कुनामा बीमाको पहुच बिस्तार गर्ने लक्ष्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र सिद्धार्थ बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा रिलायन्स लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत-नारायण बाबु लोहनी र सिद्धार्थ बैंकका तर्फबाट नायव महाप्रबन्धक रामेश्वर प्रसाद बस्यालले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौतापछि सिद्धार्थ बैंकका ग्राहकले बैंकका कुनैपनि शाखाबाट रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका विभिन्न प्रकारका बिमा सेवा प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख खरिद बिक्रि गर्न तथा बीमा दाबी भुक्तानी लगायत सम्पूर्ण बीमा सुबिधा लिन सकिने बैंकले जनाएको छ ।

Esewa
Crest

बैंकले देशभर १०० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १०८ एटिएम र ६८७ पिओइस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले व्यक्ति तथा संस्था सुहांउदा विभिन्न किसिमको नयाँ-नयाँ जीवन बीमा योजनाहरुलाई बिक्री गर्ने र देशभरि आफ्नो उपस्थिती जनाउने लक्ष्य लिएको छ । यही लक्ष्य प्राप्तिको लागि इन्स्योरेन्सले सिद्धार्थ बैंकमार्फत आफ्ना जीबन बीमा लेखहरु बिक्री गर्नुका साथै वित्तीय संस्थाको शाखा संजाल प्रयोग गरी देशको कुना-कुनामा बीमाको पहुच बिस्तार गर्ने लक्ष्य लिएको कम्पनीले जानकारी दिएको छ । इन्स्योरेन्सले हालसम्म विभिन्न ९ प्रकारका जीवन बीमा योजनाहरु बिक्री गरिरहेको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जनता बैंक, आइसिएफसि फाइनान्स लिमिटेड, मुक्तिनाथ बिकाश बैंक, नेरुडे लघुवित्त वित्तीय संस्था, सबैको लघुवित्त वित्तीय संस्था,स्पर्श लघुवित्त वित्तीय संस्था, सेञ्चुरी कमर्सियल बैंक लिमिटेडसग बैंकान्सुरेन्स सम्झौता गरि सकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS