IME Life New

रिलायबल नेपाल लाइफले सातै प्रदेशमा जग्गा खरिद गर्दै, आब्हान गर्यो शिलबन्दी बोलपत्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सातै प्रदेशमा जग्गा किन्ने भएको छ । कम्पनीले सो सम्बन्धी शिलबन्दी बोलपत्र आव्हान गरेको छ । कम्पनीले सातै प्रदेशका विभिन्न स्थानहरुमा कम्पनीको सर्तहरको अधिन भित्र रही जग्गा सो वा मा बनेको भवन खरिद गर्नु पर्ने भएको हुनाले इच्छुकबाट सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र शिलबन्दी प्रस्ताव गर्न आब्हान गरेको हो ।

कम्पनीले काठमाडौं उपत्यका ज्ञानेश्वर, पुतलिसडक नक्साल, बानेश्वर लगायत रुप भित्रका उपयुक्त व्यवसायिक स्थानमा न्यूनतम १२ आना जग्गा वा सोमा बनेको भवन, कोशी प्रदेश मोड, इटहरी, विराटनगरमा न्यूनतम कहा जग्गा वा सोमा बनेको भवन, मधेश प्रदेश लहान, जनकपुर, बर्दिवासमा न्यूनतम १ का जग्गा का सोमा बनेको भवन, चितवन जिल्ला न्यूनतम १ हा जग्गा वा सोमा बनेको भवन, लुम्बिनी प्रदेश बुटवल भैरहवा नेपालन्यूनतम जग्गा वा सोमा बनेको भवन, गण्डकी प्रदेश पोखरा, गैडाकोटमा न्यूनतम १२ आना जग्गा वा सोमा बनेको भवन, कर्णाली प्रदेश विरेन्द्रनगर बजारमा न्यूनतम १ जग्गा वा सोमा बनेको भवन, सुदुरपश्चि प्रदेश अत्तरीया धनगढी, महेन्द्रनगरमा न्यूनतम १ कट्ठा जग्गा वा सोमा बनेको भवन किन्न प्रस्ताव आब्हान गरेको छ ।

Esewa
Crest

यस्ता छन् कम्पनीका शर्तहरू
विक्री गरिने जग्गाको क्षेत्रफल कम्पनीले उल्लेख गरिए बमोजिम हुने र जग्गाको कम्तिमा ४० फिट मुल सहसँग जोडिएको वा मुख्य बजार क्षेत्र भन्दा ५०० मिटरभित्र तराइको हकमा कम्तिमा २० मि. फराकिलो तथा उपत्यकाको हकमा कम्तिमा १६ फिट फराकिलो बाटो भएको हुनुपर्नेछ।

बिक्री गरिने जग्गाको प्रति रोपनी प्रति आना प्रति कट्टा र मुल्य स्पष्ट खुल्नेगरि अंक र अक्षरमा उल्लेख गर्नुपर्ने सो सम्बन्धमा कुनै विवाद उठेमा अक्षरमा लेखिएको मुल्यलाई मान्यता दिइनेछ। प्रस्तावित जग्गाको प्रिन्ट, ट्रेस नक्सा, फोटो सहीतको, प्रस्तावित जग्गाको प्रमाणित रूपमा जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी, जग्गा धनीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपी, चालु आ.व. को तिरो (मालपोत तिरेको रसिदको प्रतिलिपी संलग्न हुनुपर्नेछ ।

संस्थागत जग्गाको हकमा जग्गा धनी दर्ता प्रमाण पत्रको प्रतिलिपी र तयारी प्राप्त व्यक्तिको पहिचान तथा अख्तियारीनामा कागजात समेत पेश गर्नु पर्ने छ, प्रस्ताव पेश गर्दा धाममा रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लागि प्रस्ताव उल्लेख गरी शिलबन्दी बोलपत्र ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, ज्ञानेश्वर, काठमाडौमा पठाउनु पर्नेछ।

जग्गाको सम्बन्धमा कुनै प्रकारको विवाद, मुद्दा मामिला नरहेको, मोहियानी हक नरहेको हुनु पर्ने छ र सोको स्व घोषणा जग्गाधनीले पेश गर्नु पर्नेछ, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी एवम् अन्य संस्थाको स्वामित्वमा रहेको जग्गालाई विशेष प्राथमिकता दिनेछ, प्रस्तावित जग्गा खरिदको प्रकृया अगाडि बढाउने नबढाउने, खरिद गर्ने नगर्ने सर्तमा सामान्य हेरफेर गर्ने नगर्ने संगीत रहने कम्पनीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS