IME Life New

रिलायबल नेपाल लाइफको आइपीओ सबै विक्री हुँदा सिटिजनको ७६% बिक्यो,कहिलेसम्म भर्न पाइन्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफको आइपीओ हालसम्म सबै विक्री भइसकेको छ । २०८० असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि प्रिमियममा निष्काशन गरेको आइपीओ सबै बिकिसकेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ । आइपीओमा मागभन्दा १.०३ गुणा बढी आवेदन परेको हो । सिडिएसका अनुसार आज साउन २ गते साझ ५ः०४ बजेसम्ममा १७ हजार बढीले आवेदन दिएका छन् ।

उक्त आइपीओमा १७ हजार १२७ जना आवेदकबाट ३२ करोड १ लाख ३७ हजार १९० रुपैयाँ बराबरको १२ लाख ४५ हजार ६७० कित्ताको लागि आवेदन परेको हो । कम्पनीले १२ कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरले आवेदन दिने गरी विक्रीमा ल्याएको हो ।

Esewa
Crest

त्यसैगरी सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ ७६ प्रतिशत विक्री भएको छ । कम्पनीले असार ३१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि प्रिमियममा निष्काशन गरेको आइपीओ हालसम्म ७६ दशमलव ३६ प्रतिशत विक्री भइसकेको हो । सिडिएसको आज साउन २ गते साझ ५ः०४ बजेको तथ्याङक अनुसार ११ हजार ९१९ जना आवेदकबाट २० करोड ९६ लाख २५ हजार २८० रुपैयाँ बराबरको ८ लाख ५९ हजार १२० कित्ताको लागि आवेदन परेको हो । कम्पनीले ११ लाख २५ हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरले आवेदन दिने गरी विक्रीमा ल्याएको हो ।

रिलायबल नेपाल लाइफ
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ सय रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा आइपीओ निष्काशन गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । सोमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको हो ।

त्यसैगरी, निष्काशन गरिने कुल शेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ९६ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

शेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले असार २७ गतेदेखि साउन १० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सकिनेछ ।
आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तयि संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो शेयर’ सफटवेयरबाट आवेदन दिन सक्नेछ ।

सिटिजन लाइफ इन्स्योरेन्स
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर निष्काशन गरेको हो । कम्पनीले पहिलो चरणमा वैदेशि रोजगारमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरेको हो । सर्वसाधारण लगानीकर्ताको लागि भने मिति तय भएको छैन ।

कम्पनीले प्रति शेयर रू१०० अङ्कित दरमा कर्मचारीहरुको लागि र बाँकीलाई प्रति शेयर रू १०० अङ्कित दरमा प्रिमियम बापत रू १४४ थप गरी जम्मा प्रति शेयर मूल्य रू २४४ मा सर्वसाधारणलाई सार्वजनिक निष्काशन गर्नेछ । कम्पनीले ५ लाख ६२ हजार ५०० कित्ता शेयर प्रति शेयर रू १०० अङ्कित दरमा कर्मचारीहरुको लागि निष्काशन गर्न लागेको हो ।

साधारण शेयरको सर्वसाधारणमा निष्काशन गरिने तथा सर्वसाधारणलाई छुट्टाइएको शेयरमध्येको ५ प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ९० लाख कित्ता साधारण शेयरहरूको सार्वजनिक निष्काशन गरिने छ ।
कम्पनीको शेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले असार ३१ गतेदेखि साउन १४ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीको आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ११ लाख २५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ । यसले इन्स्योरेन्सको वित्तयि दायित्व समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तयि संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो शेयर’ सफटवेयरबाट आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS