IME Life New

रिलायन्स लाइफ इन्स्योरेन्स र सिद्धार्थ बैंकबीच बैंकासुरेन्स सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स र सिद्धार्थ बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा रिलायन्स लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन रमण पराजुली र  सिद्धार्थ बैंकका तर्फबाट नायव महाप्रबन्धक रामेश्वर प्रसाद बस्यालले हस्ताक्षर गर्नुभएको हो ।

 

Esewa
Crest

सम्झौतापछि सिद्धार्थ बैंकका ग्राहकले बैंकका कुनैपनि शाखाबाट रिलायन्स लाइफ इन्स्योरेन्सका विभिन्न प्रकारका बिमा सेवा प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न, बीमालेख खरिद बिक्रि गर्न तथा बीमा दाबी भुक्तानी लगायत सम्पूर्ण बीमा सुबिधा लिन सकिने बैंकले जनाएको छ ।

सिद्धार्थ बैंकले देशभर १०० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १०८ एटिएम र ६८७ POS मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४/७५ को फाल्गुण मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८७ अर्ब ५७ करोड र कर्जा लगानी रु.७९ अर्ब २९ करोड गरेको छ भने सोही अवधीमा बैंकले रु. १ अर्ब १३ करोड खुद मुनाफा आर्जन गर्न सक्षम भएको छ ।

दुई अर्ब १० करोड अधिकृत पुँजी रहेको रिलायन्स लाइफ इन्स्योरेन्समा हाल प्रवद्र्धकको तर्फबाट १ अर्ब ४७ करोड रुपैयाँ लगानी छ । कम्पनीले निकट भविष्यमा सर्वसाधारणका लागि ६३ करोड रुपैयाँको शेयर जारी गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS