IME Life New

रिलायन्स लाइफले घोषणा गर्यो नयाँ बोनसदर, बीमितले अधिकतम ७५ रुपैयाँसम्म पाउँदा कुन योजनामा कति पाइन्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदनका आधारमा बीमितले प्राप्त गर्ने बोनसदर घोषणा गरेको छ । कम्पनीले पुस १७ गते बीमा प्राधिकरणबाट बीमाङ्कीय मूल्याङ्कन प्रतिवदेन स्वीकृत भए सँगै मुनाफामा सरिक हुने ‘बोनश आर्जन गर्ने’ सम्पुर्ण जीवन बीमालेखहरुमा उक्त अवधिको लागि प्रति वर्ष प्रति हजार बीमाङ्क रकमका आधारमा निर्धारण गरेको हो ।

कम्पनीले जारी गरेका ७ किसिमका बीमा योजनाहरुमा न्युनतम १९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

Esewa
Crest

सावधिक बीमा योजना
९ वर्ष अवधिको सावधिक बीमा योजना खरिद गरेका बीमितले प्रतिहजार ३० रुपैयाँ बोनसदर प्राप्त गरेका छन् । १० देखि १४ वर्ष अवधिको बीमा योजना खरिद कर्ताले प्रति हजार ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको योजना खरिद कर्ताले ३५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको योजना खरिद कर्ताले ४५ रुपैयाँ र २५ वर्ष वा सो भन्दा धेरै अवधिको योजना खरिद कर्ताले भने प्रति हजार ७५ रुपैयाँ प्राप्त गर्नेछन् ।

यस योजनामा सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको पोलिसी विक्री भएको छ । यस पोलिसी १७ हजार ६५१ वटा विक्री भएको छ ।

सावधिक तथा आजीवन
९ वर्ष अवधिको सावधिक बीमा योजना खरिद गरेका बीमितले प्रतिहजार ३० रुपैयाँ बोनसदर प्राप्त गरेका छन् । १० देखि १४ वर्ष अवधिको बीमा योजना खरिद कर्ताले प्रति हजार ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको योजना खरिद कर्ताले ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको योजना खरिद कर्ताले ४५ रुपैयाँ र २५ वर्ष वा सो भन्दा धेरै अवधिको योजना खरिद कर्ताले भने प्रति हजार ६० रुपैयाँ प्राप्त गर्नेछन् ।

यस योजनामा सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको पोलिसी विक्री भएको छ । यस पोलिसी १३ सय ७० वटा विक्री भएको छ ।

अग्रिम भुक्तानी सावधिक
१५ देखि १९ वर्ष अवधिको अग्रिम भुक्तानी सावधिक बीमा योजना खरिदकर्ताले प्रतिहजार ४१ रुपैयाँ र २० देखि २४ वर्ष अवधिको खरिद कर्ताले प्रति हजार ४५ रुपैया प्राप्त गरेका छन् ।

वार्षिक अग्रिम भुक्तानी(मुद्दति नियमित शुल्क बीमा योजना

९ वर्ष अवधिको सावधिक बीमा योजना खरिद गरेका बीमितले प्रतिहजार २४ रुपैयाँ बोनसदर प्राप्त गरेका छन् । १० देखि १४ वर्ष अवधिको बीमा योजना खरिद कर्ताले प्रति हजार ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको योजना खरिद कर्ताले २४ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको योजना खरिद कर्ताले २४ रुपैयाँ बोनसदर प्राप्त गर्नेछन् ।

यस योजनामा सबैभन्दा धेरै २० देखि २४ वर्ष अवधिको पोलिसी विक्री भएको छ । यस पोलिसी ५ हजार ८५६ वटा विक्री भएको छ ।

वार्षिक अग्रिम भुक्तानी मुद्दती एकल बीमा शुल्क
यस बीमा योजनामा कम्पनीले सबै बीमा अवधिका बीमा पोलिसीमा प्रति हजार ५४ रुपैयाँ बोनसदर प्राप्त गरेका छन् । यो योजना ९ वर्ष अवधिको खरिद कर्ता धेरै छन् ।

सामुहिक सावधिक जीवन बीमा योजना
यस योजनामा १५ देखि १९ वर्ष अवधिको खरिदकर्ताले १९ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमा पोलिसी खरिदकर्ताले पनि प्रति वर्ष १९ रुपैयाँ बोनसदर प्राप्त गर्नेछन् ।

सिमित भुक्तानी सावधिक बीमा योजना
यस बीमा योजनामा १० देखि १४ वर्ष अवधिको लागि प्रतिहजार ४० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति वर्ष ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ५२ रुपैयाँ र २५ वर्ष अवधिको लागि ६५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

कम्पनीले निर्धारण गरेको बोनश दर मृत्यु दाबी, चुक्ता मूल्य दाबी, अवधि भुक्तानी दाबी र चालु बीमालेखमा लागु हुनेछ । साथै अर्को बीमाङ्की मूल्यांकन अनुसार बीमा समितिबाट अर्को व्यवस्था गर्न स्वीकृत नभएसम्म उल्लेखित दाबीहरुमा समेत यहि बोनसदर लागु हुने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS