IME Life New

रिलायन्स फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न 

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स फाइनान्सको पोखारा शाखाको आयोजनामा मादी गा. पा वडा नं। ७ छाचोकमा आयोजित एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। । मादी गायपालीका स्थानीयबासीहरुलाई बैंकिङ कारोबार सम्बन्धमा आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा करिब १०० जना स्थानीय महिला, साना व्यवसायी तथा अन्य व्यक्तिको सहभागीता रहेको थियो ।

उक्त कार्यक्रममा बचत र खर्चको व्यवस्थापन, ऋण प्रक्रिया र उचित प्रयोग, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सर्तकता सुरक्षित रेमिटायन्स प्रणाली लगायतका विषयमा साक्षरता प्रदान गरेको थियो ।

Esewa
Crest

थाक छाछोक इन्भेष्टमेन्ट समितिका सचिव एवम समाजसेवी बालकृष्ण गुरुङको सभापतित्वमा तथा मादी गा. पा वडा नं। ७ का वडा अध्यक्ष दुर्गा बहादुर गुरुङ्गको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको कार्यक्रमा फाइनान्सका जनसम्पर्क प्रबन्धक सुदिप सापकोटाले कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति दुर्गा बहादुर गुरुङ्गले स्थानीयबासीहरुलाई वित्तीय सारक्षता गराइदिएकोमा रिलायन्स फाइनान्सलाई धन्यवाद दिनुको साथै आगमि दिनमा यस्ता कार्यक्रमहरु ग्रामिण क्षेत्रमा प्रथामिकतासाथ संचालन गर्न आग्रह गरेका थिए ।

कार्यक्रमको सहजिकरण गर्दै पोखरा शाखाका प्रबन्धक प्रकाश पौडेलले सेवा, सुविधा, बचत गर्ने तरिका र लाभ, कर्जा प्रक्रिया, दैनिक जीवनमा बैंकको महत्वका साथै वित्तीय साक्षरता र वित्तीय जागरण, आर्थिक समृद्धिका लागि बैकिङ्ग सेवाको महत्व प्रष्ट पारे ।

वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक स्तर वृद्धिमा योगदान गर्न यस कार्यक्रमबाट सहयो पुग्ने विश्वास गर्दै हालको वर्तमान आर्थिक परिपक्षेमा सवैलाई वित्तीय अनुसाशनको पालना गर्न आग्रह गरे ।

कार्यक्रमका सभापति बालकृष्ण गुरुङले वित्तीय व्यवस्थापन, यसको सही सदुपयोग कसरी गर्न सकिन्छ भन्नेबारे जानकारी दिए। उनले स–सानो रकम बचत गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गरी आयआर्जनको श्रोत बढाउन सकिने तथा वित्तीय साक्षरताको अभावमा मानिसहरुले असुरक्षित आर्थिक कारोबार गर्न नपरोस्, बैंक तथा वित्तीय क्षेत्रमा सम्पूर्ण व्यक्तिको पहुच पुगोस्, डिजिटल कारोबारका बारेमा व्यक्तिहरु अभ्यस्त बनुन्, आफ्नो व्यवसायिक योजनालाई फाइनान्सको सहायताले बढाउन सकियोस् र त्यसले व्यक्तिहरुको आर्थिक आर्जन बढाई उनीहरुको जीवनस्तर पनि बढाउन सकियोस् भन्ने बताए ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS