IME Life New

रिलायन्स फाइनान्सको तेह्रौ बार्षिक साधारणसभाको मिति तय, बोनस र नगद लाभांश प्रस्ताव पारित गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले तेह्रो बार्षिक साधारण सभाको मिति तय गरेको छ । फाइनान्सको संचालक समितिको ३०६ औं बैठकको निर्णय अनुसार यहि असार ३१ गते दिनको ११ बजे स्मार्ट दरबार व्यांक्वेट, धुम्बाराहीमा सभा आयोजना गर्ने निर्णय गरेको हो ।

फाइनान्सले उक्त सभा प्रयोजनार्थ २०८० असार २० गतेका दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । सभामा संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०७८ ०७९ को तेह्रौं वार्षिक प्रतिवेदनपारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित आ.व.२०७८ ०७९ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गर्ने छ । साथै, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व.२०७८ ०७९ को लेखापरीक्षण गर्नका लािग लेखापरिक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ ।

Esewa
Crest

साथै, उक्त सभाले २०७८ ०७९ मा भएको मुनाफाबाट कुल चुक्ता पूँजी १ अर्ब ५ करोड ३० लाख ६ हजार ३१९ रुपैयाँको ६.५० प्रतिशतले हुन आउने ६ करोड ८४ लाख ४५ हजार ४११ रुपैयाँ बराबरको बोनश शेयर प्रदान बारे प्रस्ताव पारित गरिनेछ भने सो को कर प्रयोजनार्थ नगद लाभांश चुक्ता पूँजीको ०.३४ प्रतिशतले हुने ३६ लाख २ हजार ३९० रुपैयाँ नगद लाभांस पारित गर्नेछ । साथै संचालक समितिमा संस्थापकको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक संख्या ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ३ जना संचालकको निर्वाचन मार्फत चयन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS