IME Life New

रिलायन्स लाईफ इन्स्योरेन्सले सुरुगर्यो शाखा विस्तारको दौड, चैतभित्रै १६ वटा शाखा खोल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं फाल्गुन २५। रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो पहिलो शाखा पाटनमा विस्तार गरेको छ । कम्पनीले जीवन बीमा व्यवसाय फराकिलो पार्न शाखा तथा उप-शाखाहरु विस्तारलाई प्राथमिकतामा राख्ने उद्देश्यले सो स्थानमा नयाँ शाखा खोलेको कम्पनीले जनाएको छ ।

कम्पनीले चैत मसान्तभित्र १६ वटा शाखा विस्तार गर्ने भएको छ । साथै, कम्पनीले यस आर्थिक वर्षको अन्त्यसम्ममा नियामक निकायको स्विीकृति लिई करिब २५ वटा शाखा खोल्ने लक्ष्य लिएको छ ।

Esewa
Crest

रिलायन्स लाइफ इन्स्योरेन्सले सुरूवातबाट ३ वटा जीवन बीमा योजना संचालनमा ल्याएको छ । साथै, निकट भविष्यमा थप ४ बीमा योजना संचालनमा ल्याउने भएको छ ।

कम्पनीको मुख्य लगानीकर्तामा सिद्धार्थ बैंक सहित मनोज कुमार केडिया, जगदश कुमार अग्रवाल,अशोक कुमार तोदी, तारा चन्द्र केडिया रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS