IME Life New

रियल स्टेटमा वाणिज्य बैंकहरुबाट २.१७ खर्ब कर्जा प्रवाह, कुनबाट कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिना जेठसम्म वाणिज्य बैंकहरुबाट २ खर्ब १७ अर्ब रुपैयाँ रियल स्टेट कर्जा प्रवाह भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकहरुबाट कुल २ खर्ब १७ अर्ब ११ करोड रुपैयाँ रियल स्टेट कर्जा प्रवाह भएको हो। सर्वाधिक रियल स्टेल कर्जा प्रवाह गर्नेमा एनआईसी एसिया बैंक रहेको छ। यो बैंकले ११ महिनामा २९ अर्ब ७ करोड ८८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

Esewa
Crest

दोस्रोमा नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ। यो बैंकले २४ अर्ब ४ करोड १८ लाख रुपैयाँ रियल स्टेट कर्जा प्रवाह गरेको छ।

सर्वाधिक रियल स्टेट कर्जा प्रवाह गर्ने वाणिज्य बैंकमा नबिल तेस्रो स्थानमा रहेको छ। यो बैंकबाट २२ अर्ब ७८ करोड १९ लाख रुपैयाँ कर्जा गएको छ।

यसैगरी चौथोमा प्राइम कमर्सियल बैंक रहेको छ। यो बैंकले १७ अर्ब ७५ करोड ८८ लाख रुपैयाँ रियल स्टेट कर्जा प्रवाह गरेको छ ग्लोबल आइएमई बैंक १५ अर्ब ४३ करोड ६२ लाख रुपैयाँ रियल स्टेट कर्जा प्रवाहका साथ पाँचौँ स्थानमा रहेको छ।

जेठसम्म सबैभन्दा रियल स्टेट कर्जा प्रवाह गर्नेमा माछापुच्छ्रे बैंक रहेको छ। यो बैंकले १ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS