IME Life New

रिपोर्ट सार्वजनिक गर्ने पहिलो बीमा कम्पनी बन्यो आइएमई लाइफ, मुख्य सूचकहरुमा प्रगति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बीमा कम्पनी बनेको छ।

कम्पनीले आज सार्वजनिक गरेको वित्तीय विवरणअनुसार दोस्रो त्रैमाससम्म आइएमई लाइफले २६ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २३ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा १४.१२ प्रतिशतले बढेको छ।

Esewa
Crest

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको महाविपत्ति कोषमा २१ करोड ७५ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १ अर्ब ३८ करोड २५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा १९ करोड ७ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १ अर्ब १६ करोड १९ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको असार मसान्तसम्मको तुलनामा महाविपत्ति कोषको आकार १४.०४ प्रतिशत र रिटेन्ड अर्निङ १८.९९ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा १० अर्ब ८७ करोड २६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा ७ अर्ब ५४ करोड ६० लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ४४.०८ प्रतिशतले बढेको छ।

दोस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ४४ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब १० करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १५.७४ प्रतिशतले वृद्धि भएको हो।

कम्पनीले समीक्षा अवधिसम्म २ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ९९ करोड ५७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १७.२२ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको खुद दाबी भुक्तानी २ अर्ब २५ करोड ३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ अर्ब ८७ करोड १ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो।

शेयरपुँजी ५ अर्ब रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर १०.७१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ११.७४ रुपैयाँ थियो। पीई रेसियो ४३.५५ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १५२.२३ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS