IME Life New

राष्ट्र बैंकले २ अर्ब ५० करोडको नागरिक बचतपत्र विक्री गर्दै, ब्याजदर कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन १० गतेबाट ५ वर्ष अवधिको नागरिक बचतपत्र २०८४ ‘क’ विक्री खुला गर्ने भएको छ । राष्ट्र बैंकले २ अर्ब ५० करोड बराबरको बचतपत्र विक्री गर्न लागेको हो ।

यसको वार्षिक ब्याजदर ११ दशमलव ५० प्रतिशत छ । ब्याज ६/६ महीनामा भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ । यस बचतपत्र नेपाली नागरिकले मात्र खरीद गर्न पाउनेछन् । बचतपत्र फागुन ३० गतेसम्म विक्रीमा रहनेछ ।

Esewa
Crest

उक्त बचतपत्रमा न्यूनतम १० हजार र अधिकतम कुल निष्काशन रकमका लागि आवेदन दिन सकिनेछ । यस बचतपत्र खरीदका लागि ईच्छुक खरीदकर्ताले राष्ट्र बैंकको वेबसाइट अन्तर्गत मनिटरी म्यानेजमेन्टभित्र रहेको अनलाइन प्रणालीमार्फत आवेदन पेस गर्न सक्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS