IME Life New

राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८६ ‘छ’ जारी गर्ने भएको छ। बैंकले साउन १९ गते ६ वर्षे अवधिको विकास ऋणपत्र निष्काशन गर्ने भएको हो। यस ऋणपत्र भोलि साउन १८ गते बोलकबोल मार्फत बिक्री गरिनेछ।

यस ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन्।यस ऋणपत्रको ब्याजदर पनि बोलकबोलमार्फत हुनेछ।

Esewa
Crest

ब्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ। ऋणपत्र २०८६ साउन १९ गते परिपक्व हुनेछ।यो ऋणपत्र धितो राखी कर्जा लिन तथा दिन पाइनेछ।

बोलकबोलमा इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन पाउनेछन्। प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात रु। ८.५ अर्ब र रु। १.५ अर्ब छुट्याइएको छ।

3.Suchana-for-web-Upload_DONE-1

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS