IME Life New

राष्ट्र बैंकले निफ्रा र एचआइडिसिएललाई मर्जरका लागि प्रोत्साहन गर्ने, चुक्ता पूँजी ४५ अर्ब नाघ्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक ‘निफ्रा’ र हाइड्रोईलेक्ट्रीसिटी ईन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी ‘एचआईडिसिएल’ लाई मर्जर गराउने नीति लिएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी स्थापना भएका वित्तीय संस्थालाई मर्जर तथा प्राप्तिका लागि प्रोत्साहित गर्ने नीति लिएको छ ।

आज मौद्रिक नीति सार्वजनिक गर्दै ‘पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी स्थापित नेपाल पूर्वाधार विकास बैकको लगानी क्षमता अभिवृद्धिका लागि पूर्वाधार क्षेत्रमा नै लगानी गर्ने गरी स्थापना भई संचालनमा रहेका अन्य वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमार्फत चुक्ता पुँजी वृद्धि गर्न प्रोत्साहित गरिनेछ ।’ भनेको छ ।

Esewa
Crest

केहि समय अगाडी एचआईडिसिएलले नेपाल राष्ट्र अन्तर्गत नियमन हुने व्यवस्था मिलाएको थियो । अहिले सञ्चालनमा आएको यि दुबै वित्तीय संस्था एकै प्रकृतीको भएकोले पनि राष्ट्र बैंकले मर्जर गराइ संस्थाको वित्तीय क्षमता बढाउने जनाएको छ । अहिले निफ्राको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ भने एचआईडिसिएलको २३ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । यदि यि दुई वित्तीय संस्थाको मर्जर गर्ने हो भने चुक्ता पूँजी ४५ अर्ब ९ करोड नाघ्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS