IME Life New

राष्ट्र बैंकले गर्यो तीन विनियमावलीको संशोधन, आपराधिक सजाय भुक्तानी गरेको प्रमाण पेश गर्नु पर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली २०६७, नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ तथा नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ लाई संशोधन गरेको छ ।

राष्ट्र बैंकले विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी संशोधन सहितको परिपत्र जारी गरेको हो । राष्ट्र बैंकले तीन वटै विनियमावलीमा संशोधन गर्दै प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठमूमि देखिएको भए सजाय भुक्तान गरेको ५ वर्ष व्यतीत भइसकेको प्रमाण पेश गर्नु पर्ने व्यवस्थालाई थप गरेको हो ।

Esewa
Crest

विप्रेषण विनियमावलीको विनियम ४ को उपविनियम तीन मा प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठमूमि देखिएको भए सजाय भुक्तान गरेको ५ वर्ष व्यतीत भइसकेको प्रमाण पेश गर्नु पर्ने व्यवस्थालाई थप गरेको छ । त्यस्तै विनियम १५ मा पनि विनियम ४ को उपविनियम तीन बमोजिमको योग्यता नविकरणको समयमा समेत पुगेको हुनुपर्नेछ भनेर थपिएको छ । यसैको अनुसूची एकमा पनि यहि व्यवस्थालाई थप गरिएको छ ।

यहि व्यवस्था बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावलीको विनियम ४ को उपविनियम तीनमा थप गरिएको छ । विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावलीको विनियम ८ मा यो व्यवस्था थप गरिएको छ ।

FXMD_Circular-13_2079.80

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS