IME Life New

राष्ट्र बैंकले गर्याे ९ वाणिज्य बैंकलाई कारवाहि, यस्ता छन् कारण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले क वर्गका ९ वटा वाणिज्य बैंकलाई कारबाहि गरेको छ । राष्ट्र बैंकले यी वाणिज्य बैंकलाई विभिन्न कारण देखाई कारबाहि गरेको हो । राष्ट्र बैंकले कारबाहि गरेको वाणिज्य बैंकहरुमा प्रभु बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, ग्लोबल आईएमई बैंक लि., प्राइम कमर्सियल बैंक लि.,माछापुच्छ्रे बैंक लि.सानिमा बैंक लि.नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि.सिभिल बैंक लि. नबिल बैंक लि. रहेको छ ।

आर्थिक वर्ष २०७९/०८० को दोस्रो त्रैमासभित्र राष्ट्र बैंकले यी मध्ये दुई बैंक माछापुच्छ्रे र प्रभु बैंकलाई दुई/दुई पटक कारबाहि गरेको छ । कारबाहिमा परेका मध्ये चार बैंकलाई सम्पत्ति सुद्धिकरण सम्बन्धि ऐन र निर्देशनको उल्लङ्घन गरेको आरोपमा राष्ट्र बैंकले नगद जरिवाना तोकेको छ । जसमध्ये प्रभु बैंक, कुमारी बैंक, ग्लोबल आईएमई बैंक र प्राइम कमर्सियल बैंकलाई ५०/५० लाख रुपैयाँ तोकेको हो ।

Esewa
Crest

अन्य बैंकहरुलाई भने एकिकृत निर्देशन, २०७८ को कार्यान्वयनको सम्बन्धमा, बैंक तथा बित्तीय संस्था सम्बन्धि ऐन उल्लङ्घन लगाएतका विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत तथा बैंकलाई सचेत गराएको छ ।

Enforcement-Action-Second-Quarter-2079.80

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS